Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पहिचानका लागि देशभरका थारु समुदाय एकजुट हुनुपर्ने छ : सांसद चौधरी


काठमाडौं। नेकपा एमालेकी नेतृ एवं सांसद भगवती चौधरीले थारु समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारु समुदाय एकजुट हुनुपर्ने बताएकी छन् । थारु कल्याणकारी सभाले समस्त थारु समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नु पर्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्।

उनले थारु समुदायलाई राज्यका सबै अङ्गहरूमा पहुँच स्थापित गर्न र योग्य नेतृत्व पहिचान गरी अगाडि बढाउन थाकसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै सांसद चौधरीले राजनीतिमा पनि थारुहरूको उपस्थिति बढाउँदै लैजानुपर्ने बताइन्।

सुनसरीको गढी गाउँपालिकामा थारू कल्याणकारिणी संस्था सुनसरीको ९औँ जिल्ला अधिवेशनमा बोल्दै थारु अगुवा नेतृसमेत रहेकी चौधरीले थारु कल्याणकारी संस्था स्थापना भएको ७५ वर्ष भइसक्दा पनि समय अनुसार चल्न नसकेको बताउँदै समग्र थारुहरूको विकास, उत्थानका लागि अब समय अनुसार थारूको पहिचान जोगाउँदै प्रविधियुक्त बन्नुपर्ने बताइन्।

‘थाकसको पहिलो दायित्व भनेको आफ्नो भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गर्नु हो। दोस्रो राजनीतिक, आर्थिक र सामाजिक रूपमा थारुहरूलाई सक्षम र योग्य बनाउनु हो । यस कार्यमा थाकस देशभर प्रभावकारी रूपमा अगाडी बढ्नु अपरिहार्य छ’, उनले भनिन्।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?