Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राससका पूर्वअध्यक्ष ‘श्यामल’ सहित वरिष्ठ साहित्यकार सम्मानित


३० ,मङ्सिर ,काठमाडौँ । मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले विभिन्न विधाका वरिष्ठ साहित्यकारहरूलाई सम्मान गरेको छ । संस्थाको आज यहाँ आयोजित सातौँ साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रष्टाहरूलाई सम्मान प्रदान गरिन् ।

कार्यक्रममा मध्यपश्चिम स्रष्टा सम्मान २०८० वरिष्ठ कवि एवं निबन्धकार हरिहर अधिकारी ‘श्यामल’ लाई प्रदान गरिएको छ । उनि राष्ट्रिय समाचार समिति(रासस)का पूर्व कार्यकारी अध्यक्ष हुन् । त्यसैगरी सोही सम्मानबाट साहित्यकार बलदेव शर्मा ‘मजगैया’ र प्राडा मीनबहादुर बिष्टसमेत सम्मानित भएका छन् ।

लोकेन्द्र शाह स्मृति सम्मान २०८० बाट कवि तथा कथाकार अम्मर शाह, कालीदास जोशी स्मृति सम्मानबाट कावि तथा समालोचक डा दीपक गौतम, प्रेम प्रकाश मल्ल स्मृति सम्मानबाट कवि तथा लोक सहित्य अन्वेषक मनोहर लामिछाने, इन्द्रमणि मानव स्मृति सम्मानबाट कवि तथा लोकसंस्कृति अन्वेषक मोतिराज बम सम्मानित भएका छन् ।

कृष्णसेन इच्छुक स्मृति सम्मान प्रा डा गोपीन्द्र पौडेल, नेत्रलाल अभागी स्मृति सम्मान वरिष्ठ साहित्यकार गिरीराज शर्मा, योगी नरहरिनाथ स्मृति वाङ्मय पुरस्कार र हरिप्रसाद मानकुमारी उपाध्याय स्मृति पुरस्कार विशिष्ट वाङ्मय साधक प्राडा चुडामणि बन्धुलाई प्रदान गरियो ।

त्यस्तै संस्थापक सम्मानबाट मध्यपश्चिमाञ्चल साहित्य परिषद् काठमाडौँका संस्थापक अध्यक्ष प्रा डा केशव सुवेदी सम्मानित भएका छन् ।


प्रकाशित मिति: ३० मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?