Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


पछिल्लो ६ महिनामा वैदेशिक रोजगारका साढे ३ हजार बढी उजुरी

काठमाडौं। पछिल्लो ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । गत साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै, उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता

क्यानाडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं। एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ। कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो। उक्त जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो। त्यसैगरी, २२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. श्रेष्ठ नियुक्त

काठमाडौं। स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । स्वास्थ्यमन्त्री बस्नेतले डां. श्रेष्ठलाई डेढ महिनाअघि मात्रै बोर्डको सदस्यमा नियुक्त गरेका थिए ।

कोशी सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु

काठमाडौं। कोशी प्रदेश सरकारले गठन गरेको वार्ता टोली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटेलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हो । त्यस्तै, ६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो ।

धनुषामा सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

महेन्द्रनगर,धनुषा। सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ भने आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् । उक्त पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन गरिने

सुदूरपश्चिम। वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । उनलाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो । नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री चन्दको ८४औँ वसन्त पूजनको अवसरमा उनलाई रथारोहणसहित अभिनन्दन गरिने जानकारी दिइयो ।

नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्ती टोली रोमानिया जाँदै

काठमाडौं। सरकारले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ । जर्मनीको लागि नेपाली राजदूतावासले डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न घुम्ती टोली रोमानिया पुग्ने सूचनामार्फत जानकारी दिएको छ । राजदूतावासले बुधबार जारी गरेको सूचनामा आफ्नो विवरण भर्न र नवीकरण गर्न रोमानियामा रहेका

भरतपुर महानगर र माडी नगरबीच भगिनी सम्बन्ध कायम

काठमाडौं। चितवनका दुई स्थानीय तहबीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । आज माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महत्तोले दश बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको

अछाममा गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

अछाम। अछामको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ । खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई

झापा र सुनसरीमा दुई जना मृत अवस्थामा फेला

काठमाडौं। झापाको झापा गाउँपालिका–६ प्रणामी टोलमा कन्काई नगरपालिका–३ स्थित फर्निचरमा काम गर्ने भारत विहार घर भएका ५० वर्षीय कालीचरण शर्मा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, सुनसरीको कोशी गाउँपालिका-३ स्थित कोशी टप्पु वन्यजन्तु आरक्ष भित्रको जङ्गलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा

सम्वन्धित समाचारहरु