Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारका साढे ३ हजार बढी उजुरी


काठमाडौं। पछिल्लो ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । गत साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै, उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ, भने १ तामेलीमा राखिएको विभागले जनाएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३६२ फर्छ्यौट भएका छन् भने १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो ।

ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको विभागले जनाएको छ । जसबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ । त्यस्तै, विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि भन्दै ६९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ भने सो उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।

त्यस्तै उक्त मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेका छन् । जसमा १९१ मिलापत्र गराइएको छ भने ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?