Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

पछिल्लो ६ महिनामा वैदेशिक रोजगारका साढे ३ हजार बढी उजुरी


काठमाडौं। पछिल्लो ६ महिनामा वैदेशिक रोजगार सम्बन्धी तीन हजार ४०० भन्दा बढी उजुरी परेका छन् । गत साउनदेखि पुस मसान्तसम्म ठगी, उद्धार तथा राहतका लागि ३ हजार ४९५ उजुरी परेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

त्यस्तै, उद्धारका लागि आएका उजुरीहरूमध्ये ७९ आपसी सहमति गराइएको छ । ६५ उजुरी फिर्ता गरिएको छ, भने १ तामेलीमा राखिएको विभागले जनाएको छ । उद्धारको लागि आएका उजुरीमध्ये ३६२ फर्छ्यौट भएका छन् भने १ करोड ३९ लाख ४६ हजार रुपैयाँ क्षतिपूर्ति दाबी गरिएको थियो ।

ती उजुरीहरूमध्ये १ हजार ५६० उजुरी मात्रै फर्छ्यौट भएको विभागले जनाएको छ । जसबाट १३ करोड ८४ लाख ४५ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ । त्यस्तै, विदेशमा अलपत्र परेको आफन्तको उद्धारका लागि भन्दै ६९० उजुरी परेका छन् । जसमा ४५ जनाको उद्धार गरिएको छ भने सो उद्धारका लागि उजुरी दिएकाहरूमध्येबाट १७२ जनाले क्षतिपूर्ति पाएका छन् ।

त्यस्तै उक्त मुद्दा तथा अनुसन्धान शाखामा ठगी सम्बन्धीका १ हजार १३० उजुरी परेका छन् । जसमा १९१ मिलापत्र गराइएको छ भने ८४ मुद्दा अदालत पठाइएको छ । ठगीका उजुरीबाट ११ करोड २ लाख ८९ हजार रुपैयाँ बराबरको क्षतिपूर्ति रकम दाबी गरिएको छ ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?