Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन गरिने


सुदूरपश्चिम। वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । उनलाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो ।

नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री चन्दको ८४औँ वसन्त पूजनको अवसरमा उनलाई रथारोहणसहित अभिनन्दन गरिने जानकारी दिइयो । सो अवसरमा मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले नेपाली सहित्य र राजनीतिको क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्मान गर्न उहाँलाई अभिनन्दन गर्न लागिएको बताए ।

साहित्यकार चन्दका पाहुना घर, विसर्जन, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत कृति प्रकाशित छन् भने वरिष्ठ साहित्यकार चन्दको ‘विसर्जन’ कृतिले २०५४ सालमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ पाएको थियो ।

त्यस्तै, चार पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसक्नुभएका चन्दलाई नागरिक अभिनन्दन गर्न सुदूरपश्चिमका लेखक, कवि, साहित्यकार र समाजसेवीको भेलाले नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरेको थियो ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?