Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन गरिने


सुदूरपश्चिम। वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन गरिने भएको छ । उनलाई आगामी फागुन ३ गते कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिने भएको हो ।

नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री चन्दको ८४औँ वसन्त पूजनको अवसरमा उनलाई रथारोहणसहित अभिनन्दन गरिने जानकारी दिइयो । सो अवसरमा मूल समारोह समितिका संयोजक मायाप्रकाश भट्टले नेपाली सहित्य र राजनीतिको क्षेत्रमा पु¥याउनुभएको योगदानको सम्मान गर्न उहाँलाई अभिनन्दन गर्न लागिएको बताए ।

साहित्यकार चन्दका पाहुना घर, विसर्जन, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत कृति प्रकाशित छन् भने वरिष्ठ साहित्यकार चन्दको ‘विसर्जन’ कृतिले २०५४ सालमा नेपालको प्रतिष्ठित ‘मदन पुरस्कार’ पाएको थियो ।

त्यस्तै, चार पटक देशको प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसक्नुभएका चन्दलाई नागरिक अभिनन्दन गर्न सुदूरपश्चिमका लेखक, कवि, साहित्यकार र समाजसेवीको भेलाले नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरेको थियो ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?