Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

धनुषामा सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ


महेन्द्रनगर,धनुषा। सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ भने आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् ।
उक्त पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार रामकुमार मण्डल बताउछन्। धनुषाका करिब ४० ठाउँमा मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् ।
धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, बिन्दही, महुवालगायतका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छन् ।
सो मूर्तिकार मण्डलले यस वर्षका लागि २७ वटा मूर्ति बनाइसकेका छन् । उनीसँग प्रतिगोटा रु तीन हजारदेखि १५ हजारसम्मका मूर्ति छन् ।
अर्का मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउँदै आएको बताए । “आवश्यकताअनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु”, उहाँले भन्नुभयो । पण्डितको मुख्य पेशा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि रु पाँच हजारदेखि ३० हजारसम्मका मूर्ति बनाएर बिक्री गरिरहेको उनले बताए ।
सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उनीहरुको भनाई रहेको छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् भने माटो, काठ, रङ कपडा तथा परालबाट मूर्ति बनाइन्छ ।
विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरुले पूजा गर्ने गर्दछन् ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?