Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् ।

सोमवार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए । उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो भएको उल्लेख गर्दै संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका रहेको बताए । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको बताएका छन् ।

उनले भने, ‘मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन । साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य छ । नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो हो । संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका छ । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै हो ।’

राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको महत्व ठूलो हुने बताएका छन् । नेपालको शान र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति रहेको बताएका छन् । यसको विकास र उत्थान गर्नु नेपालीहरुको साझा दायित्व रहेको बताए ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?