Trending
>>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैनः राष्ट्रपति


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त नहुने बताएका छन् ।

सोमवार राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । उनले साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य रहेको बताए । उनले नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो भएको उल्लेख गर्दै संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका रहेको बताए । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै भएको बताएका छन् ।

उनले भने, ‘मुलुकको समृद्धिका लागि भौतिक विकास मात्रै पर्याप्त हुँदैन । साहित्य, कला, संगीत, संस्कृति र प्राज्ञिक क्षेत्रको विकास पनि उत्तिकै अपरिहार्य छ । नेपाल विभिन्न भाषा, जाति र अनेकौँ संस्कृतिहरुको साझा थलो हो । संसारको सर्वोच्च शिखर सगरमाथा लगायतका उच्च हिमश्रृंखलाले सुशोभित शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभूमि र कहिल्यै पराधिन नभएको स्वाधिन र स्वतन्त्र देश नेपाललाई विश्वसामु चिनाउने काममा नेपाल प्रज्ञा प्रतिष्ठानको महत्वपूर्ण भुमिका छ । नेपाली जनताको लामो त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई प्राज्ञिक रुपमा स्थापित गर्ने दायित्व पनि नेपाल प्रज्ञा प्रतिष्ठानकै हो ।’

राष्ट्रपति पौडेलले हरेक मानिसको जीवनमा भाषा, साहित्य र संस्कृतिको महत्व ठूलो हुने बताएका छन् । नेपालको शान र पहिचान भनेकै भाषा, साहित्य र संस्कृति रहेको बताएका छन् । यसको विकास र उत्थान गर्नु नेपालीहरुको साझा दायित्व रहेको बताए ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?