Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पले ८ सय बढीको मृत्यु


अफगानिस्तान। पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

भूकम्पमा २ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए । मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताए । जसमा ८ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । २ हजार ५ सय जना घाइते भएका छन् । छिमेकी नान्गारहार प्रान्तमा १२ जनाको मृत्यु भएको छ । २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् । नुरिस्तान प्रान्तमा ४ जना घाइते भएका छन् । मृतकको संख्या प्रारम्भिक अनुमान हो । मूल्याङ्कन अगाडि बढ्दै जाँदा बढ्ने सम्भावना रहेको अधिकारीले बताएका छन् ।

आईतवार स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । जसको केन्द्रबिन्दु नान्गारहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो ।


प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?