Trending
>>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा बेचिए, सरकारको जवाफ चाहियोः सांसद विष्ट


काठमाडौँ।राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले भिजिट भिसामार्फत करिव ४० हजार नेपाली महिला कुवेतमा लगेर बेचिएको खबर आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भिजिट भिसामार्फत कुवेत लगेर झन्डै ४० हजार महिला बेचिएकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले भिजिट भिसामा अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने गरेको देखिएको बताए । उनीहरु अहिले एउटै घरमा वन्धकको रुपमा रहेको र उद्धारको माग गरिरहेको बताएका छन् ।

उनले भने, ‘करिव ४० हजार महिलाहरु भिजिट भिसामा कुवेतमा लगेर बेचिएको समाचार आइरहेको छ । अध्यागमन विभागको कर्मचारीलाई एक लाख बुझाउने रहेछन् । एउटै घरमा वन्धकको रुपमा राखिएको र उद्धारको माग गरिरहेको भन्नेछ । भिजिट भिसाको प्रकरणमा त्यत्रो संख्यामा महिला बेचिँदा के भएको हो सरकार र गृह मन्त्रालयले यो रोष्ट्रममा आएर सदनलाई जानकारी दिनका लागि माग गर्न चाहन्छु ।’

उनले सरकार र गृह मन्त्रालयले यसबारेमा स्पष्ट पार्नुपर्ने भन्दै सदनमा सरकारको जवाफ माग गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?