Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

विद्यालय बन्द गराउँदैनौ तर विद्यालय शिक्षा विधेयक सच्चाउनु पर्छः नेशनल प्याब्सन


काठमाडौँ।आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरुले आफूहरुले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् ।

विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दालन गर्दै आएका उनीहरुले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रष्टयाएका हुन् । विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई निरन्तरता दिन आफूहरु प्रतिवद्ध रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन) ले सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । अध्यक्ष गीता क्षेत्री राणाले निजी विद्यालयनै बन्द गर्नुपर्ने अवस्थामा रहेका पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउदै लैजाने भन्ने सो विधेयकमा उल्लेख गरिएको शब्द तत्काल हटाउन पनि सरकारलाई दबाब दिएकी छिन् । उनले शुल्क वृद्धि हुने र गरिव अभिभावकलाई मारमा पार्ने खालको ऐन सरकारले ल्याउन नहुने पनि बताएकी छिन् ।

अध्यक्ष राणाले भनिन्, ‘हामी शिक्षा दिनका लागि बसेका छौं । शिक्षा दिन्छांै । हाम्रा विद्यालय हामी कहिल्यै बन्द गर्दैनौं । पठनपाठन नै गराउँछौं । तर तपाईंहरुले ल्याएको यस्ता विधेयकबाट भोलि विद्यालय बन्द गर्ने अवस्था आयो भने, कारबाहीमा जाने अवस्था आयो भने त्यसको जिम्मेवारी कसेले लिन्छ ? त्यस्ता विधेयक रोक्नु पर्छ । हामी यस्ता अवस्था टुटुटुलु हेरेर बस्न सक्दैनौं । विद्यालय क्रमशः गैर नाफामूलक हुने सो विधेयकमा भनिएको छ । हामीले यो कुरा बुझिराखेका छैनौ । यो शब्दको आवश्यकता किन परेको हो ? गैर नाफामूलक भन्ने शब्द किन राख्नुपरेको हो ? उहाँहरुले त्यही विधेयकमा के राख्नु भएको छ भने शुल्कको निर्धारण गर्दा राष्ट्रिय मापदण्ड अनुसार बन्छ भन्नुभएको छ । त्यो बैज्ञानिक हो । त्यसमा नाफापनि न्यायोचित तरिकाले, बैज्ञानिक तरिकाले वितरण हुन्छ । जब राष्ट्रिय मापदण्ड नै बनिसकेपछि त्यो गैर नाफामूलक भन्ने शब्द राखेर आज किन यो चेलखेल गर्ने अवस्था पु¥याईराखेको छ ? राष्ट्रिय मापदण्ड भन्न साथ त्यहाँ सबै सीमित भईहाल्छ । सोही मापदण्ड अनुसार चल्नुपर्छ । बैज्ञानिक रुपमा चल्नु पर्छ । त्यहाँ अनाआवश्यक रुपमा नाफा लिन सक्दैन । वैज्ञानिक मापदण्ड भन्ने व्यवस्थाले सबै कुरा पूरा हुन्छ । यो गैरनाफामूलक भन्ने शब्द किन राखेको छ, हामीले बुझ्न सकेको छैन । यसलाई हटाउनु पर्छ । यसैमा पूर्ण छात्रावृत्ति । त्यो भन्दा पहिला के व्यवस्था थियो ? त्यसमा १० प्रतिशतलाई छात्रावृत्ति दिने भनिएको थियो । त्यो छात्रवृत्ति के बाट आउथ्यो भन्दा शुल्कबाट नै आउने हो । अर्को ठाउँबाट त आउँदैन । अव उहाँहरुले पूर्ण छात्रवृत्ति भनेर राख्नु भयो । त्यसको व्यवस्थापन के बाट हुन्छ ? स्पष्ट भन्नु पर्छ उहाँहरुले शुल्कबाट हो ? यसबाट हो भने शुल्क वृद्धि त अवश्य पनि हुन्छ । त्यो भयो भने त्यसको मार धेरै श्रमजीवि गरिव अभिभावकहरुलाई पर्छ । त्यसकारण यो पनि हटाउनु पर्छ ।’

निजी विद्यालयहरुले सरकारले ल्याएको सो विधेयकमा गरिएका कतिपय व्यवस्था संविधान र कानून अनुकूल पनि नरहेको जिकिर गर्दै त्यसलाई मान्न नसकिने चेतावनी दिइरहेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?