Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष मातहत नल्याएकोमा अखिल नेपाल ट्रेड युनियन महासंघको आपत्ति


काठमाडौँ। अखिल नेपाल ट्रेड युनियन महासंघले स्वास्थ्य बीमा कार्यक्रमलाई सामाजिक सुरक्षा कोष अन्तर्गत ल्याउन सरकारसँग माग गरेको छ ।

सोमवार काठमाडौंमा आयोजित सांसदसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष जगत सिम्खडाले सो माग गरेका छन् । उनले सो कार्यक्रमलाई सामाजिक सुरक्षा ऐन अन्तर्गत नल्याए सरकारले धान्न नसक्ने जिकिर समेत गरे । अध्यक्ष सिम्खडाले बहुराष्ट्रिय कम्पनीहरुको दबाबमा श्रम ऐन पनि कार्यान्वयनमा आउन नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । मजदुरमैत्री श्रम ऐन कार्यान्वयनमा आउन नदिन बहुराष्ट्रिय कम्पनीहरुजस्ता विचौलियाहरुले सरकारलाई नदिएको उनको भनाई थियो । अध्यक्ष सिम्खडाले सरकारले मजदुर विरोधी ऐन भने कार्यान्वयनमा ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

उनले भने, ‘यो सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने दिशामा सरकार गइरहेको छ । र यो के हो भन्नेकुरा राज्यले, राज्यको मातहतमा रहेकाले, हाम्रा माननीयज्यूहरुले पनि सामाजिक सुरक्षा भनेको के हो ? भन्ने बुझेको देख्दिन । आज १० वर्षपछि कोही कसैले यो देशलाई नियालेको छ भने सामाजिक सुरक्षा भत्ताको कारणले आज यो देश चल्न सक्छ ? सक्दैन । एउटा मात्रै यो देशलाई बचाउने भनेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले मात्रै हो । म सकुन्जेल काम गर्छ, योगदान गर्छु । मैले काम गरेको रोजगारदाताले २० प्रतिशत कोष छुट्टयाई दिनुप¥यो । मैले काम गरेर ११ प्रतिशत मैले पनि हाल्छु । त्यो ३१ प्रतिशत हुन्छ । त्यसले म विरामी हुँदा उपचार हुन्छ । दुर्घटना हुँदा त्यसबाट क्षतिपूर्ति पाउँछु । वृद्ध अवस्था हुँदा पेन्सनको व्यवस्था हुन्छ । त्यो सामाजिक सुरक्षामा हुन्छ । तर आज म सुन्दैछु–स्वास्थ्य विमाको कुरा सबै पार्टी एकठाउँमा भएर सामाजिक सुरक्षाका कुरा होइन की विमा कम्पनीमार्फत स्वास्थ्य सुरक्षाको कुरा जाँदैछ । यो कुरा आज नभएपनि भोलि समिक्षा गर्न जरुरी छ । आज सदनबाट पास भएर त्यो व्यवस्था भएपनि ५÷७ वर्षपछि त्यो लेखेर राख्नुस्, स्वास्थ्य सुरक्षाको कुरा भोलीको दिन सामाजिक सुरक्षा अन्तगतनै आउनु पर्छ । अर्को श्रम ऐन आएको छ । तर मजुदरमैत्री कार्यान्वयन भएको छैन । विरोधी दफाहरु भटाभट कार्यान्वयन भइरहेको छ ।

अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा कोषको महत्वबारे सांसदहरु समेत बेखबर रहेको गुनासो पनि गरेका छन् ।


प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?