Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

नेपालीको राहदानी नवीकरण गर्न नेपाल सरकारको घुम्ती टोली रोमानिया जाँदै


काठमाडौं। सरकारले रोमानियामा रहेका नेपालीको राहदानी नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ ।

जर्मनीको लागि नेपाली राजदूतावासले डिसेम्बर ३१, २०२४ सम्म म्याद रहेका राहदानीको नवीकरण गर्न घुम्ती टोली रोमानिया पुग्ने सूचनामार्फत जानकारी दिएको छ । राजदूतावासले बुधबार जारी गरेको सूचनामा आफ्नो विवरण भर्न र नवीकरण गर्न रोमानियामा रहेका नेपालीलाई भनिएको छ ।

त्यस्तै, रोमानियामा नेपालको राजदूतावास छैन । राजदूतावास नभएका कारण नेपालीहरूले आफ्नो राहदानी नवीकरण गर्न जर्मनी पुग्नुपर्ने हुन्छ । अब सो समस्या समाधान गर्न नेपाल सरकारले घुम्ती राहदानी सेवा सुरु गर्ने भएको छ ।

 

 

 


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?