Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

भरतपुर महानगर र माडी नगरबीच भगिनी सम्बन्ध कायम


काठमाडौं। चितवनका दुई स्थानीय तहबीचमा भगिनी सम्बन्ध कायम गरिएको छ । आज माडीमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र माडी नगरपालिका बिच भगिनी सम्बन्ध कायम गरिएको हो ।

भरतपुर महानगर प्रमुख रेनु दाहाल र माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महत्तोले दश बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडी बढेको जनाएका छन् भने दुई स्थानीय तहको विकास र समन्वयका लागि दुई स्थानीय तह बिच औपचारिक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताएकी छन्।

उक्त भगिनी सम्बन्धको अवधि पाँच वर्षको रहने छ । भरतपुर महानगरपालिका र माडी नगरपालिका जोडिएका स्थानीय तह हुन् । यसलाई चितवन राष्ट्रिय निकुञ्जले सीमा छुट्टाएको छ।

सो स्थानीय तहको समस्या र सम्भावना समान प्रकृतिका रहेका छन् । त्यसैलाई मध्यनजर गदै यहाँका विकास निर्माण तथा सेवा मूलक कार्यमा संयुक्त योजना बनाउने लक्ष्य लिइएको दाहालले बताइन्।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?