Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

क्यानाडामाथि नेपालको रोमाञ्चक जित


काठमाडौं। एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ।

कीर्तिपुर मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो। उक्त जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो।

त्यसैगरी, २२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल मल्लले २०, सोमपाल कामीले २७, भीम सार्के १६, पवन शर्राफ १५, आसिफ शेख र कप्तान रोहितकुमार पौडेललाई व्यक्तिगत समान ८ रन र रिजन ढकालले ४ बनाए।

ललित राजवंशी र सूर्य तामाङले क्रमश १ र १० रनमा नटआउट रहे। यी दुई टिमले तीन खेलको एक दिवसीय शृंखला खेल्नेछन्। नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ।


प्रकाशित मिति: २५ माघ २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?