Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२५ आश्विन २०८३, आईतवार
२५ आश्विन २०८३, आईतवार

मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान


मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान

काठमाडौँ।‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक लेखक वीणा जोशी (राजभण्डारी)लाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको छ ।

विराटनगरमा जन्मिएर काठमाडौंमा हुर्किनुभएकी जोशीलाई २०८२ सालको मदन पुरस्कार अर्पण गरिएको हो । नृत्य कलाविद् जोशीको ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक २०८३ जेठ ३ गते विमोचन भएको थियो । १४ सय लामो पेजको यस पुस्तकमा १७ वटा खण्ड छन् । काठमाडौं उपत्यकाभित्र लोपोन्मुख तान्त्रिक तथा परम्परागत देवीदेवताका मुकुण्डो नाचहरु (ख्वपाः प्याखं) र तिनका गुरुहरूको इतिहास जोशीद्वारा लिखित यस पुस्तकमा समावेश छन् ।

साथै छ दशकभन्दा लामो समयदेखि नेपाली गीत लेखनको क्षेत्रमा समर्पित भई नेपाली भाषा र वाङ्मयको श्रीवृद्धिमा योगदान पु¥याउन भएका खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको हो ।


प्रकाशित मिति: २५ आश्विन २०८३, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?