काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय २० रनको योगफल बनायो । आर्मीका
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान
ब्राजिल। ब्राजिलको दक्षिणपूर्वी शहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । आइतबार बिहान आएको आँधीले शहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन्
काठमाडौं। आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार र प्रमुख प्रतिपक्षी दल एमालेका उम्मेदवारहरुबिच प्रतिस्पर्धा हुँदैछ । आइतबार सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन साझा अपिल गरेपछि चुनावी माहोल तातेको छ भने शनिबार बसेको गठबन्धनका
काठमाडौं। आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानीभन्दा खर्च बढी भएको देखिएको छ । पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ भने उक्त महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका हुन् । राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरी शीर्ष नेताहरूलाई बोलाएर शुभकामना आदान प्रदान गर्नुका साथै तरुल र चाकुलगायत परिकार खुवाएका हुन् । उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,
काठमाडौं। नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस सात गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयका अनुसार
काठमाडौं। सभामुख देवराज घिमिरले माघे सङ्क्रान्ति/माघी पर्वले सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण तथा प्रवर्द्धन गर्न सहयोग पुगोस् भनेर शुभकामना व्यक्त गरेका छन् । सभामुख घिमिरेले आज जारी गरेको शुभकामना सन्देशमा उक्त पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा शुभकामना व्यक्त व्यक्त गर्दै नेपालीबीच आपसी सद्भाव
चितवन। संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ । बेलायत निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी रघु दाहालले आफ्नो गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेका हुन् । स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर दाहालले ‘एक पटकमा एक योगदान’ अभियान सुरुआत गरिएको घोषणा
फुङलिङ,ताप्लेजुङ। लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् । लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् । लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ । त्यस्तै, राई, लिम्बू, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर