Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

जनताको आशालाई निराशामा परिणत नगरौँः राष्ट्रपति पौडेल


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जनताका आशालाई निराशामा परिणत नगर्न र संविधान कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।

सोमबार माघे संक्राति एवं माघी पर्वको अवसरमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले परिकल्पना गरेको कुरा कानुनद्वारा व्यवस्थित गर्न जरुरी रहको भन्दै जनताका आशालाई निराशामा परिणत नगर्न संविधान कार्यान्वयनमा जान आवश्यक रहेको बताएका हुन् ।

‘संविधानले जुन परिकल्पना गर्‍यो त्यसलाई कानुनद्वारा व्यवस्थित गर्न जरुरी छ । ती कानुनहरूको निर्वाह छिटो भन्दा छिटो हुन जरुरी छ । मेरो सबैलाई अनुरोध शुभकामना र आग्रह छ कि संविधान कार्यान्वयनमा जाऔँ । अब आशालाई निराशामा परिणत नगरौँ,’ उनले भने, ‘देशमा निराशा बढेको छ । त्यो भनेको संविधान कार्यान्वयन नहुँदा भएको हो । संविधान कार्यान्वयनको कमीले हो । अब पछाडि फर्किन कोही जनता चाहँदैनन् । जनताको चाहना र भावना मैले पनि बुझेको छु । विदेशबाट आएकाको मात्र होइन देशभित्रका जनताको पनि अगाडि बढ्ने चाहना छ ।’

राष्ट्रपति पौडेलले संविधानलाई कार्यान्वयन गरी देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्ने हो हामीले यही अठोट लिनुपर्नेमा जोड दिएका छन् । उनले अहिले माघे संक्राति सबै नेपालीको पर्व भइसकेको भन्दै शुभकामना समेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?