Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

चितवनमा ‘एक पटकमा एक योगदान’ अभियान सुरु


चितवन। संसारभरका नेपालीलाई लक्षित गर्दै चितवनबाट ‘एक पटकमा एक योगदान’ अभियान सुरु भएको छ ।

बेलायत निवासी नेपाली युवा व्यवसायी तथा समाजसेवी रघु दाहालले आफ्नो गृहनगर चितवनको भरतपुरस्थित पार्वतीपुरबाट उक्त अभियान थालेका हुन् ।

स्थानीय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेर दाहालले ‘एक पटकमा एक योगदान’ अभियान सुरुआत गरिएको घोषणा गरे । विदेशमा रहेका हरेक नेपाली स्वदेश फर्किएका बेला हरेक पटक कम्तीमा एउटा सहयोग गर्नुपर्ने अवधारणाका साथ यो अभियान सुरु गरिएको उनले बताएका छन् ।

त्यस्तै, कञ्चन समाज विकास परिषद्द्वारा आयोजित कार्यक्रममा युवा उद्यमी दाहालले हरेक प्रवासी नेपालीलाई स्वदेश फर्किदा हरेक पटक केही न केही सहयोग गर्ने अठोट गर्न आह्वान गरे । उनले हरेक महिना कम्तीमा एक लाख नेपाली स्वदेश फर्किने गरेको तथ्याङ्क प्रस्तुत गर्दै हरेकले सानै भए पनि सहयोग गर्दा अरु लाखौँ नेपाली लाभान्वित हुने तर्क गरेका छन् ।

विदेशमा भए पनि आफ्नो गाउँठाउँका बारेमा सोच्ने बानीले देशप्रतिको माया ताजा रहिरहने र देशको विकासमा पनि योगदान पुग्ने दाहालले बताए । बेलायतमा होटल, रेष्टुराँ, घरजग्गा व्यवसायलगायतका विभिन्न पेसा व्यवसायमा संलग्न दाहालले नेपालमा पनि शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गरेका छन् ।

 


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?