Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै


फुङलिङ,ताप्लेजुङ। लिम्बू समुदायले आज कक्फेक्वा तङ्नाम मनाउँदै छन् ।

लिम्बू समुदायले माघे सङ्क्रान्तिलाई कक्फेक्वा तङ्नाम आफ्नो परम्परागत विधिबाट मनाउने गर्दछन् । लिम्बू भाषामा ‘कक्’अर्थ ‘फेकवा’ चाप फुल्नु र ‘तङ्नाम’को अर्थ पर्व हो । आजदेखि लिम्बू समुदायको नयाँ वर्षसमेत प्रारम्भ भएको छ ।

त्यस्तै, राई, लिम्बू, याक्खा, सुनवारलगायतका जातजातिले विशेष गरेर मनाउने यो चाड तङनाममा वन तरुल, घर तरुल, सख्खरखण्डलगायत खानेकुरा खाएर मनाउने चलन रहेको रहेको मिक्वाखोला गाउँपालिकाका रद्रकुमार लिवाङले बताएका छन् ।

मुन्धुमसँग जोडिएको तङनाममा अन्नबाली नहुँदा यही वन तरुल सेवन गरी प्राण जोगाएको भन्ने किवंदन्ती छ । आजदेखि येले तङ्बे (दोङ) ५०८४ सुरु भएको याक्थुङ चुम्लुङका जिल्ला सचिव सरोज कङलिवाले बताए ।

आज बिहान नुहाएर वन तरुलको टीका लगाएर तङनामको शुभारम्भ भएको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?