Trending
>>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

विनोद भण्डारीको उत्कृष्ट शतकसँगै आर्मीले मधेसलाई दियो ३ सय २१ रनको विशाल लक्ष्य


काठमाडौं। प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय २० रनको योगफल बनायो । आर्मीका विनोद भण्डारीले ९३ बलमा नौ चौका र छ छक्कासहित एक सय १३ रनको शतकीय इनिङ खेले ।

त्यसैगरी सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७, इम्रान शेखले २६, भीम सार्कीले १८ तथा बसिर अहमदले १६ रन बनाए । पाँचौँ विकेटका लागि विनोद र कुशलले एक सय ३२ तथा पहिलो विकेटका लागि सन्तोष र इम्रानले ५३ रनको साझेदारी गरेका थिए ।

मधेसका लागि रञ्जित कुमारले पाँच विकेट लिए भने विशाल पटेलले दुई तथा राजेश यादव र रुपेश सिंहले समान एक–एक विकेट लिए ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?