Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आयल निगमको कार्यकारी निर्देशक बन्न १४ जनाले दिए निवेदन


काठमाडौं। नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस सात गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो । आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका-तीन, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका-आठ, काठमाडौंका उत्तरकुमार रेग्मी, भरतपुर महानगरपालिका-१४, चितवनका डा. डोलप्रसाद चापागाईँ, टोखा नगरपालिका-आठ, काठमाडौंका सहदेव चन्द, धनुषाधाम-दुई का रामदेव यादव र राजविराज-१३, सप्तरीका सञ्जीवकुमार श्रेष्ठले निवेदन दिएका छन् ।

उक्त मन्त्रालयका अनुसार मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन् । त्यस्तै टोखा–छ, काठमाडौंका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका-एक, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर-आठ, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका-नौ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका-२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आयल निगममा ०७५ यता खुला प्रतिस्थपर्धाबाट कार्यकारी निर्देशक छनोट थालिएको हो । मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिवको नेतृत्वमा छनोट समिति गठन हुने गरेको छ । सो समितिले निवेदन दिएका उम्मेदवारहरूलाई अन्तर्वार्ता र व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा पेस गर्ने र तीमध्ये एक जनालाई कार्यकारी निर्देशकको पदमा मन्त्रिपरिषद् बैठकबाट नियुक्त गर्ने प्रावधान रहेको छ ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?