Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

राष्ट्रपति निवासमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना, शीर्ष नेताहरूलाई तरुल र चाकु


काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् ।  माघे सङ्क्रान्तिको अवसरमा राष्ट्रपति पौडेलले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका हुन् । राष्ट्रपति निवासमा एक कार्यक्रमको आयोजना गरी शीर्ष नेताहरूलाई बोलाएर शुभकामना आदान प्रदान गर्नुका साथै तरुल र चाकुलगायत परिकार खुवाएका हुन् ।

उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतका नेताहरूको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?