९ ,कात्तिक ,काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव
९ ,कात्तिक ,बैतडी । अज्ञात समूहले बैतडीको डिलाशैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेका छन् । डिलाशैनी–६ को वडा कार्यालय अगाडि राखिएको बा प्र.०१–००४क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उक्त एक्साभेटरले केही दिनअघिसम्म ग्रामीण कच्ची सडक सफाइ गरेको जनाइएको
९ ,कात्तिक ,मनहरी (मकवानपुर) । मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइतर्फबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नको हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिदा घाइते भएका विश्रामपुर बस्ने वर्ष १८ का
९ ,कात्तिक ,काठमाडौँ । असन आसपास क्षेत्रका तुलाधर समुदायले वडादसैँका अवसरमा आश्विन शुक्ल एकादशीका दिन खड्ग जात्रा गरेका छन् । काठमाडौँ महानगरपालिका–२७स्थित असनमा रहेको कुलदेवताको मन्दिरमा तुलाधर समुदायले बुधबार विधिअनुसार पूजा गरेपछि कुभिन्डोमा बनाइएको दैत्यको चित्रलाई काटेर प्रतीकात्मक रुपमा आसुरी शक्तिमाथि विजय प्राप्त गरेको सन्देश दिन बाजागाजासहितको खड्गजात्रालाई टोल परिक्रमा
९ ,कात्तिक ,रसुवा । वर्षायामको भेल र पहिरोका कारण बन्द रसुवाका सबै ग्रामीण सडक अहिले खुला भएको छ । जिल्लाका पाँचवटै गाउँपालिकाभित्र अवरुद्ध रहेका ग्रामीण सडक स्काभेटरको सहायताले खाल्टाखुल्टी पुर्ने र पहिरो पन्छाएर सडक सुधार गरिएको हो । नौकुण्ड गाउँपालिकाभित्रको करिब ६४ किलोमिटर र कालिका गाउँपालिकाअन्तर्गतको करिब ३० किलोमिटर सडक
९ ,कात्तिक ,तनहुँ । बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ । बाख्रामा नश्ल सुधारबाट हालसम्म ५४ जिल्लामा उन्नत बोर बाख्रा निर्यात गरिसकिएको उक्त कार्यक्रमले जनाएको छ । शुद्ध जातका बोर पाठापाठी उत्पादन र स्थानीय खरी जातका बाख्रामा बोर क्रस गराएर वर्णशङ्कर
९ ,कात्तिक ,मकवानपुर । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक
९ ,कात्तिक ,दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पार्क निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए ।
८ ,कात्तिक ,जनकपुरधाम । सर्लाहीको सदरमुकाम मलंगवामा दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा परेर दुईजना प्रहरी घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पजियार थारले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ । मलंगवाको
८ ,कात्तिक ,दमौली । तनहुँको भिमाद नगरपालिका–५ मिछुर्लुङमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँचौँ मिछुर्लङ दसैँ पर्यटन मेला सुरु भएको छ । मेलाको शुभारम्भ गर्दै भिमाद–५ वडाध्यक्ष पदमबहादुर थापाले मिछुर्लुङ पर्यटनमा सम्भावना बोकेको ठाउँ भए पनि प्रचारप्रसार अभावमा ओझेलमा परेको बताए । उनले यस ठाउँको पर्यटन विकासका लागि स्थानीयवासीको सक्रियता रहँदै