Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

दीपक मनाङेको फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित


काठमाडौं। ‘छक्कापञ्जा’ फेम्ड अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका हुन् ।

यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । उक्त फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ भने माग्ने बुढा मंसिर अन्त्यदेखि दीपकराज गिरी र दीपाश्री निरौलासहितको फिल्मको छायांकनमा व्यस्त हुनेछन् । ‘कंगारु’लाई भने फागुनदेखि सुटिङ गर्ने तयारी रहेको छ ।

त्यस्तै, सोमबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् । ‘यो फिल्म खेल्न म उत्साहित छु,’ उनले भने । फुलमून मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म ‘कंगारु’ निर्माण हुन लागेको हो भने फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

त्यस्तै, दीपकराज गिरी र केदार घिमिरेले कम्तीमा केही वर्षसम्म आमा सरस्वती मुभिजको ब्यानरभन्दा बाहिरका फिल्ममा पनि काम गर्ने समझदारी गरेका छन् । जसबारे पहिले नै खबर सार्वजनिक गरेको थियो ।

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?