Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

दीपक मनाङेको फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा माग्ने बुढा अनुबन्धित


काठमाडौं। ‘छक्कापञ्जा’ फेम्ड अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ आगामी फिल्म ‘कंगारु’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले निर्माण गर्न लागेको यो फिल्ममा केदार जोडिएका हुन् ।

यो फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । फिल्ममा तीन शीर्ष अभिनेत्री हुने भनिए पनि कास्टिङबारे उल्लेख छैन । उक्त फिल्मलाई नेपाल र अष्ट्रेलियामा छायांकन गर्ने निर्माताको तयारी छ भने माग्ने बुढा मंसिर अन्त्यदेखि दीपकराज गिरी र दीपाश्री निरौलासहितको फिल्मको छायांकनमा व्यस्त हुनेछन् । ‘कंगारु’लाई भने फागुनदेखि सुटिङ गर्ने तयारी रहेको छ ।

त्यस्तै, सोमबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ । ‘छक्कापञ्जा’ समूहभन्दा बाहिर रहेर केदारले पहिलोपटक फिल्म खेल्न लागेका हुन् । ‘यो फिल्म खेल्न म उत्साहित छु,’ उनले भने । फुलमून मोसन पिक्चर्स र उत्तरगया म्युजिक एण्ड फिल्मसँग आस्याप इन्टरटेनमेन्टको सहकार्यमा फिल्म ‘कंगारु’ निर्माण हुन लागेको हो भने फिल्ममा प्रेम थापा, धनबहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा छन् ।

त्यस्तै, दीपकराज गिरी र केदार घिमिरेले कम्तीमा केही वर्षसम्म आमा सरस्वती मुभिजको ब्यानरभन्दा बाहिरका फिल्ममा पनि काम गर्ने समझदारी गरेका छन् । जसबारे पहिले नै खबर सार्वजनिक गरेको थियो ।

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?