Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

एनसेल कार्यालय अगाडि अनेरास्ववियुद्वारा विरोध प्रदर्शन


काठमाडौं। नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज एनसेल कार्यालय अगाडि विरोध प्रदर्शन गरेको छ । एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले लैनचौरस्थित एनसेल कार्यालयमा प्रदर्शन गरेको हो ।

सो प्रदर्शनमा सहभागीहरूले एनसेल बाइकट भन्दै सीमकार्ड समेत जलाएका छन् । त्यस्तै माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल शेयर विक्रीको छानबिन गर जस्ता नारा लेखिएका प्ले कार्ड उनीहरूले बोकेका छन् ।

त्यसैगरी, एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएको थियो भने अहिले सो विषय चौतर्फी रूपमा विवादित बनेको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?