Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

महानगरपालिकाका कर्मचारीहरूले लिए सीपीआरको आधारभूत तालिम


काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन् ।

उक्त महानगरका अनुसार विपद् क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपदका समयको प्रतिकार्य र त्यसपछिको पुनः स्थापनामा वडाले निर्वाह गर्नुपर्ने भूमिका, यसका लागि जान्नुपर्ने आधारभूत ज्ञान र व्यवस्थापनका लागि हुनैपर्ने सीप विकासका लागि आयोजना गरिएको हो । त्यस्तै, सीपीआर जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिको फोक्सो र मुटुको गतिलाई पुनः स्थापना गर्ने प्रक्रिया हो । व्यक्ति जुनसुकै समयमा पनि यो अवस्थामा पुग्न सक्छ भने त्यसबेला स्वास्थ्यकर्मी नहुन सक्छन् ।

सो आयोजना गरिएको ३ दिने तालिम (मङ्सिर १५, १६ र १७ गते) को अन्तिम दिन यसको अभ्यास गरिएको हो । महानगरको विपद् व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडा सचिव, इन्जिनियर र विपदका समयमा सक्रिय हुनुपर्ने विभागहरू (प्रशासन, लेखा) का अधिकारीहरू सहभागी थिए ।

यस अवस्थामा सीपीआर बुझेका व्यक्तिले सीपीआर गरेर अवस्थालाई सामान्य बनाउने प्रयास गर्न सक्छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?