Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

महानगरपालिकाका कर्मचारीहरूले लिए सीपीआरको आधारभूत तालिम


काठमाडौं। काठमाडौं महानगरपालिकाका कर्मचारीहरूले कार्डिपल्मोनरी रिससिटेसन (सीपीआर) को आधारभूत तालिम लिएका छन् ।

उक्त महानगरका अनुसार विपद् क्षति न्यूनीकरणका लागि पूर्वतयारी, विपदका समयको प्रतिकार्य र त्यसपछिको पुनः स्थापनामा वडाले निर्वाह गर्नुपर्ने भूमिका, यसका लागि जान्नुपर्ने आधारभूत ज्ञान र व्यवस्थापनका लागि हुनैपर्ने सीप विकासका लागि आयोजना गरिएको हो । त्यस्तै, सीपीआर जीवनको अन्तिम अवस्थामा पुगेका व्यक्तिको फोक्सो र मुटुको गतिलाई पुनः स्थापना गर्ने प्रक्रिया हो । व्यक्ति जुनसुकै समयमा पनि यो अवस्थामा पुग्न सक्छ भने त्यसबेला स्वास्थ्यकर्मी नहुन सक्छन् ।

सो आयोजना गरिएको ३ दिने तालिम (मङ्सिर १५, १६ र १७ गते) को अन्तिम दिन यसको अभ्यास गरिएको हो । महानगरको विपद् व्यवस्थापन विभागले आयोजना गरेको तालिममा वडा सचिव, इन्जिनियर र विपदका समयमा सक्रिय हुनुपर्ने विभागहरू (प्रशासन, लेखा) का अधिकारीहरू सहभागी थिए ।

यस अवस्थामा सीपीआर बुझेका व्यक्तिले सीपीआर गरेर अवस्थालाई सामान्य बनाउने प्रयास गर्न सक्छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?