Trending
>>   ०८४ मा १९० सिट ल्याउने रास्वपा सांसद खनालको दाबी >>   ड्रागन फ्रुट खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान >>   आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै >>   अलास्कामा ट्रम्प–पुटिन भेट : फलदायी छलफल भए पनि कुनै सम्झौता भएन >>   साप्ताहिक राशिफल :२०८२ साउन ३१ देखि भाद्र ७ सम्मका लागि >>   उद्योगहरुले प्रयोग गरेको विद्युत महशुल तिर्नैपर्छ, सरकारले तिर्नुपर्दैन भनेको छैनः मन्त्री खड्का >>   नेपाल पर्वतारोहण संघमा फुर गेल्जे शेर्पा समूहको उम्मेदवारी घोषणा >>   भारतको ७९ औँ स्वतन्त्रता दिवसः युवा रोजगारीमा एक लाख करोड रुपैयाँ खर्च गर्ने प्रतिवद्धता >>   श्रमीक स्वस्थ भए मुलुक स्वस्थ हुन्छः श्रममन्त्री भण्डारी >>   सांसद गैरेको प्रश्नः नागरिकता लिन महिलाले स्वघोषणा गर्नुपर्ने, पुरुषले नपर्ने ?
Logo
३१ श्रावण २०८२, शनिबार
३१ श्रावण २०८२, शनिबार

काठमाडौं महानगरपालिकाले कानुन संशोधन गर्नुपर्ने भए ७ दिनभित्र विवरण पेश गर्न निर्देशन


काठमाडौं। काठमाडौं महानगरपालिकाले कानुनहरूमा संशोधन गर्नुपर्ने भए ७ दिनभित्र विवरण पेस गर्न निर्देशन दिएको छ । उक्त महानगरबाट जारी भएका कानुनहरूमा संशोधन गर्नुपर्ने भए विवरण पेस गर्न महानगरले भनेको हो ।

सो महानगरपालिकाको विधायन समितिको मङ्सिर ११ गते बसेको बैठकले महानगरपालिकाबाट जारी भएका समग्र कानुनहरूको कार्यान्वयन अवस्थासम्बन्धी विषयमा सम्बन्धित विभाग र एकाइ र सचिवालय र कार्यकमसँग सम्बन्धित कानुनहरूको कार्यान्वयन अवस्था प्राप्त गरी उक्त सम्बन्धमा अन्तरक्रिया छलफल गर्ने निर्णय गरेको छ । त्यस्तै, महानगरपालिकाले एक सूचना जारी गर्दै सबै विभाग र एकाइ सचिवालय र कार्यक्रम र आयोजनालाई महानगरबाट जारी भएका कानुन के कति कार्यान्वयन भए वा नभएको भएमा कारणसहित विवरण पेस गर्नु भनेको हो । यही कारण यो पत्राचार गरिएको महानगरपालिकाले जनाएको छ ।

उक्त महानगरले जारी गरेको पत्रमा भनिएको छ,‘महानगरपालिका, नगर सभा र नगर कार्यपालिकाबाट संवत् २०७४ पछि स्वीकृत भएका कानुन (ऐन, नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड, मार्गदर्शन समेत) को अवस्था (पूर्ण कार्यान्वयन भएको वा आंशिक कार्यान्वयन भएको वा कार्यान्वयन नभएको) खुलाई, कुनै कानुन कार्यान्वयन हुन नसकेको भएमा कुन कानुनको कुन दफारनियम कार्यान्वयन हुन नसकेको हो, कार्यान्वयन हुन नसक्नुका कारण र यसमा संशोधन गर्नुपर्ने भए सो समेतको स्पष्ट विवरण ७ दिनभित्र पठाइदिनुहुन अनुरोध गरिन्छ।’

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?