Trending
>>   कांग्रेस महाधिवेशनमा पदाधिकारीसहित ४० जनाले लिए उम्मेदवारी फिर्ता >>   नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत >>   काँग्रेसले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको एजेण्डा बोक्नुपर्छः शुक्रराज शर्मा >>   जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल >>   प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन >>   पार्टी विवादबारे सर्वोच्चको फैसला कुर्नेकुरा समयको बर्बादी मात्र होः सभापति थापा >>   आइजीपी कार्कीलाई खगेन्द्र सुनारको चुनौति–‘भाई दम छ भने पक्राउ गरेर देखाउ’ >>   बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो >>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

शाहरुख खानको ‘डंकी’ ट्रेलर : विदेशिन संघर्ष गर्ने पञ्जाबका गाउँले युवाको कथा


काठमाडौं। ‘पठान’ र ‘जवान’जस्ता हिट फिल्मपछि फ्यानले शाहरुख खानको आगामी फिल्म ‘डंकी’लाई व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन् । निर्देशक राजकुमार हिरानीसँग यो उनको पहिलो सहकार्य हुनेछ ।

यो कमेडी फिल्मको शीर्ष भूमिकामा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ भने यो फिल्मलाई कथाकार तथा निर्देशक हिरानीले नै निर्माण गरेका हुन् । फिल्ममा शाहरुख खान आफ्नो ‘पठान’ र ‘जवान’ स्टाइलभन्दा फरक देखिनेछन् । त्यस्तै, रेलको दृश्यमा शाहरुख (हार्डी) को पहिलो झलकले तपाईंलाई उनको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जायेंगे’ सम्झाउँछ ।

त्यस्तै, ३ मिनेट २१ सेकेण्डको यो भिडियोमा एक्सन र भावनाको मिश्रण छ । शाहरुख खानको पात्र पञ्जाबको सुन्दर गाउँ लल्टु पुग्छ र मनु, सुखी, बग्गु र बल्ली जस्ता साथीलाई भेट्छ भने तिनीहरू सबैको एउटै सपना छ– राम्रो अवसरको खोजीमा लण्डन जाने र परिवारलाई राम्रो जीवन प्रदान गर्ने । उक्त फिल्मको ट्रेलर सन् १९९५ को कथाबाट सुरु हुन्छ । ‘थ्री इडियट्स’ फेम्ड निर्देशक हिरानीले यसमा पनि उस्तै महसुस हुने संसारको निर्माण गरेका छन्, तर यसमा ज्यानको जोखिम लिएर विदेशिन बाध्य विद्यार्थीको कथा पेश गरिएको छ ।

निर्देशक हिरानी फिल्मी जगतमा उनको असाधारण कथा वाचनको लागि परिचित छन् । ‘डंकी ड्रप १’ हुँदै ‘ड्रप ४’ नाम दिइएको ट्रेलरमा थ्रिलर पनि समावेश छ । त्यस्तै, जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा प्रस्तुत ‘डंकी’ राजकुमार हिरानी र गौरी खानले निर्माण गरेका हुन् भने अभिजात जोशी, राजकुमार हिरानी र कनिका ढिल्लनले लेखेको यो फिल्म २१ डिसेम्बर २०२३ मा विश्वव्यापी रूपमा रिलिज हुँदै छ ।

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?