Trending
>>   दुर्गा प्रसाईंले गरे पार्टी खोल्ने घोषणा >>   पुराना राजनीतिक दलहरुले केही गर्न सक्दैनन् भन्ने गलत भाष्यहरु निर्माण गरियो : देउवा >>   वैकल्पिक विकास वित्तसम्बन्धि विधेयकः सरकारले कस्तो बेला लगानी रोक्का गर्नसक्छ ? >>   संघीय निजामति सेवा विधेयकमा तल्लो तहका कर्मचारी उपेक्षितः सांसद रिजाल >>   मन्त्रालयका कर्मचारीहरुको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंह रुष्ट >>   इण्डोनेसियाको मध्य सुलावेसीमा ६.० म्याग्निच्युडको भूकम्प >>   जलवायु परिवर्तनले कुनै देश, भूगोल र राजनीतिक दल चिन्दैनः परराष्ट्रमन्त्री >>   नेपालले जलवायु परिवर्तनको दुःखद् अनुभव व्यहोरिरहेको छः मन्त्री ठकुरी >>   बजेट कार्यान्वयनमा गम्भीर समस्याः २७ प्रतिशत बुँदा कार्यान्वयनमै गएनन् >>   मधेसवादी नेता काठमाडौंमा प्रधानमन्त्रीको पूजा गर्छन्, मधेस पुगेर विरोध : अनिल झा
Logo
१ भाद्र २०८२, सोमबार
१ भाद्र २०८२, सोमबार

शाहरुख खानको ‘डंकी’ ट्रेलर : विदेशिन संघर्ष गर्ने पञ्जाबका गाउँले युवाको कथा


काठमाडौं। ‘पठान’ र ‘जवान’जस्ता हिट फिल्मपछि फ्यानले शाहरुख खानको आगामी फिल्म ‘डंकी’लाई व्यग्रतासाथ प्रतीक्षा गरिरहेका छन् । निर्देशक राजकुमार हिरानीसँग यो उनको पहिलो सहकार्य हुनेछ ।

यो कमेडी फिल्मको शीर्ष भूमिकामा शाहरुखसहित तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, अनिल ग्रोभर लगायतको अभिनय छ भने यो फिल्मलाई कथाकार तथा निर्देशक हिरानीले नै निर्माण गरेका हुन् । फिल्ममा शाहरुख खान आफ्नो ‘पठान’ र ‘जवान’ स्टाइलभन्दा फरक देखिनेछन् । त्यस्तै, रेलको दृश्यमा शाहरुख (हार्डी) को पहिलो झलकले तपाईंलाई उनको फिल्म ‘दिलवाले दुल्हनियाँ ले जायेंगे’ सम्झाउँछ ।

त्यस्तै, ३ मिनेट २१ सेकेण्डको यो भिडियोमा एक्सन र भावनाको मिश्रण छ । शाहरुख खानको पात्र पञ्जाबको सुन्दर गाउँ लल्टु पुग्छ र मनु, सुखी, बग्गु र बल्ली जस्ता साथीलाई भेट्छ भने तिनीहरू सबैको एउटै सपना छ– राम्रो अवसरको खोजीमा लण्डन जाने र परिवारलाई राम्रो जीवन प्रदान गर्ने । उक्त फिल्मको ट्रेलर सन् १९९५ को कथाबाट सुरु हुन्छ । ‘थ्री इडियट्स’ फेम्ड निर्देशक हिरानीले यसमा पनि उस्तै महसुस हुने संसारको निर्माण गरेका छन्, तर यसमा ज्यानको जोखिम लिएर विदेशिन बाध्य विद्यार्थीको कथा पेश गरिएको छ ।

निर्देशक हिरानी फिल्मी जगतमा उनको असाधारण कथा वाचनको लागि परिचित छन् । ‘डंकी ड्रप १’ हुँदै ‘ड्रप ४’ नाम दिइएको ट्रेलरमा थ्रिलर पनि समावेश छ । त्यस्तै, जियो स्टुडियो, रेड चिल्लीज इन्टरटेनमेन्ट र राजकुमार हिरानी फिल्म्सद्वारा प्रस्तुत ‘डंकी’ राजकुमार हिरानी र गौरी खानले निर्माण गरेका हुन् भने अभिजात जोशी, राजकुमार हिरानी र कनिका ढिल्लनले लेखेको यो फिल्म २१ डिसेम्बर २०२३ मा विश्वव्यापी रूपमा रिलिज हुँदै छ ।

 


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?