Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने


काठमाडौं। नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो ।

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो भने सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो ।

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए । उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताएका छन् ।

उनले भने, “आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदै छ ।”


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?