१६ श्रावण, विराटनगर । सत्ता गठबन्धनले कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गरेको छ । गठबन्धनका तर्फबाट उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । थापालाइ कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदले समर्थन गरेका छन् । गठबन्धनका लागि बहुमत पुर्याउन सभामुख बाबुराम गाैतमले आजै राजिनामा दिएका थिए
१६ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार
१६ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने गरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने दाबी गरेका छन्। उनले आगामी दुई वर्षमा न्यून आय भएका गरिब, विपन्न र निमुखा जनतालाई सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क गराउनेसमेत
१६ श्रावण, काठमाडाैँ । अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउने अर्थमन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ । साथै सो जानकारी समितिलाई दिने समेत समितिले निर्देशन दिएको छ । रासायनिक मलको माग तथा आपूर्ति व्यवस्थापन बारे अर्थ समितिमा गत असार २१ गते
१६ श्रावण, काठमाडाैँ । न्यु सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले आफ्नो कार्यालय खोलेको घोषणा गरेको छ । मंगलबारबाट यस संस्थाले काठमाडाैँको उत्तरढोकास्थित लाजिम्पाटमा कार्यालयको उद्घाटन गरेको हो । न्यू सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले स्थानीय समुदायलाई विस्तारित वित्तीय सेवा र सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । यस संस्थाले सेवाग्राहीहरूलाई बचत तथा
१६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस काठमाडाैँ महानगर सभापति निलकाजी शाक्य नेतृत्वको टोलीले पार्टी सभापति शेर बहादुर देउवालाई अन्तरमहानगर पदाधिकारीहरुको बैठकको निर्णय सहितको ज्ञापन पत्र बुझाएको छ । मंगलबार देउवाको निवास धुम्बाराहीमा पुगेर ज्ञापन पत्र बुझाउँदै महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ
१६ श्रावण, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ । मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म
१६ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गरेका छन् । मङ्गलबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग राजदूत अलशाम्सीले शिष्टाचार भेट गरेका हुन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले उक्त भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी
१६ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक श्रावण २२ गते सोमबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्
१६ श्रावण, काठमाडाैँ । संसदीय सुनुवाइ समितिमा विभिन्न मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नहुने भएको छ । समितिको मङ्गलबार सिंहदरबारमा बसेको बैठकले विभिन्न छ मुलुकका लागि प्रस्तावित राजदूतहरूबारे परेको उजुरीमाथि छलफल नगर्ने निर्णय गरेको हो । उजुरी छलफल गर्न नै लायक नभएकाले त्यसमाथि छलफल नगरी संसदीय सुनुवाइ प्रक्रिया