१६ श्रावण, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले शिष्टाचार भेट गरेका छन् ।
मङ्गलबार राष्ट्रपति कार्यालयमा पुगेर राष्ट्रपति पौडेलसँग राजदूत अलशाम्सीले शिष्टाचार भेट गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले उक्त भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको जानकारी दिइन् ।
प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार