Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

आइसिसी महिला विश्वकपको एसिया छनोटमा २४ खेलाडी छानिए


१६ श्रावण, काठमाडाैँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइसिसी महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोट प्रतियोगिताका लागि आज २४ खेलाडी छनोट गरेको छ ।

मलेसियामा आयोजना हुने उक्त प्रतियोगितामा रुविना क्षेत्रीको कप्तानीमा क्यानले २४ खेलाडी छनोट गर्दै बन्द प्रशिक्षणमा बोलाएको हो । विश्वकपको एसिया छनोट आगामी अगष्ट २८ देखि सेप्टेम्बर ६ तारिखसम्म हुनेछ ।

एशिया छनोटमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासँगै भुटान, बहराइन, कतार र संयुक्त अरब इमिरेट्स (युएई) छन् । यसैगरी समूह ‘बी’ मा कुवेत, चीन, हङकङ, म्यान्मार र थाइल्याण्ड छन् । आ–आफनो समूहमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले सेमिफाइनल खेल्नेछन् ।

फाइनल पुग्ने दुई राष्ट्रले भने बङ्गलादेशमा सन् २०२४ मा आयोजना हुने महिला विश्वकप प्रतियोगितामा स्थान पक्का गर्नेछन् ।

नेपाली टोलीका लागि छनोट हुनेमा नेपाली टोलीकी कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, अप्सरी बेगम, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, ईश्वरी विष्ट, कृतिका मरासिनी, बिन्दु रावल, नेरी थापा, काजोल श्रेष्ठ र सम्झना खड्का छन् ।

त्यसैगरी सरस्वती चौधरी, स्नेहा महरा, सृष्टि जैशी, कञ्चन श्रेष्ठ, रोमा थापा, सवनम राई, पूजा महतो, खुसी डङ्गोल, मनिषा चौधरी, ज्योति पाण्डे र रुवि पोडार पनि छनोटमा परेका छन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?