Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

पार्टीको मर्यादाक्रममा अन्याय नगर्न कांग्रेस महानगर समितिको सभापति देउवासँग माग


१६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस काठमाडाैँ महानगर सभापति निलकाजी शाक्य नेतृत्वको टोलीले पार्टी सभापति शेर बहादुर देउवालाई अन्तरमहानगर पदाधिकारीहरुको बैठकको निर्णय सहितको ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार देउवाको निवास धुम्बाराहीमा पुगेर ज्ञापन पत्र बुझाउँदै महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठक बसेर मर्यादाक्रमको विभेद हटाउन माग गरिएको हो ।

उक्त क्रममा सभापति देउवाले मूख्यसचिव कृष्ण पौडेललाई पार्टी कार्यालयमा बुझाउँदै यसबारे आवश्यक कारबाही अगाडी बढाउन निर्देशन दिएका छन् ।

अब महानगर समितिले महामन्त्रि द्वय र अन्य पदाधिकारीहरूलाई पनि यस विषयमा ज्ञापनपत्र बुझाउने जानकारी दिएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?