Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

पार्टीको मर्यादाक्रममा अन्याय नगर्न कांग्रेस महानगर समितिको सभापति देउवासँग माग


१६ श्रावण, काठमाडाैँ । नेपाली कांग्रेस काठमाडाैँ महानगर सभापति निलकाजी शाक्य नेतृत्वको टोलीले पार्टी सभापति शेर बहादुर देउवालाई अन्तरमहानगर पदाधिकारीहरुको बैठकको निर्णय सहितको ज्ञापन पत्र बुझाएको छ ।

मंगलबार देउवाको निवास धुम्बाराहीमा पुगेर ज्ञापन पत्र बुझाउँदै महानगर समितिले पार्टीले मर्यादाक्रममा विभेद गरेको भन्दै मर्यादाक्रममा अन्याय नगर्न पार्टी नेतृत्वसँग माग गरेको छ । काठमाडौं, ललितपुर, भरतपुर, विराटनगर, पोखरा र वीरगञ्ज महानगर समितिको संयुक्त बैठक बसेर मर्यादाक्रमको विभेद हटाउन माग गरिएको हो ।

उक्त क्रममा सभापति देउवाले मूख्यसचिव कृष्ण पौडेललाई पार्टी कार्यालयमा बुझाउँदै यसबारे आवश्यक कारबाही अगाडी बढाउन निर्देशन दिएका छन् ।

अब महानगर समितिले महामन्त्रि द्वय र अन्य पदाधिकारीहरूलाई पनि यस विषयमा ज्ञापनपत्र बुझाउने जानकारी दिएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?