Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घट्यो


१६ श्रावण, काठमाडाैँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो ।

नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता शेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ ।

बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ ।

त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ ।

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै रू आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?