Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

स्वास्थ्यमन्त्रीकाे दाबी- पाँच वर्षभित्र स्वास्थ्य सेवा निःशुल्क गर्ने आधार तयार गर्छु


१६ श्रावण, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने गरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने दाबी गरेका छन्।

उनले आगामी दुई वर्षमा न्यून आय भएका गरिब, विपन्न र निमुखा जनतालाई सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क गराउनेसमेत स्पष्ट पारे।

मंगलबार मन्त्रालयमा कुरा गर्दै उनले स्वास्थ्य सेवा निःशुल्क गर्न आवश्यक रकम धूम्रपान, मद्यपान, सुर्तीजन्य पदार्थ, गुलियो पेयपदार्थ र जंक फुडजस्ता खाद्य तथा पेयपदार्थमा कर बढाएर जुटाइने बताए। मन्त्री बस्नेतले भने, ‘यसमा सबैको साथ र सहयोगको अपेक्षा गरेका छौँ।’

आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालयको भौतिक पूर्वाधार व्यवस्थित र सरसफाइ गर्न लगाएको, मौलिक हकअनुसारको आधारभूत सेवा निःशुल्क गर्न सबै अस्पतालमा १० प्रतिशत शय्या उपचारसहित निःशुल्क गर्ने व्यवस्था कार्यान्वयन गरेको, अनावश्यक रूपमा उपकरण खरिद गरी हुने गरेका बेथिति नियन्त्रण गरी व्यवस्थित गरेको, बहिरंग सेवामा अनलाइन टिकटको व्यवस्था गरेको र बिहान ८ बजेदेखि नै थालनी गरेकोलगायतका सुधार गरेको उनले जानकारी गराए।

अस्पतालका औषधि पसलमा पनि नियमित अनुगमन गरिएको बताउँदै उनले पहुँचवाला करिब आठ सय स्वास्थ्यकर्मी कर्मचारीले लामो समयदेखि केन्द्रीय र प्रदेश राजधानीका साथै सुविधासम्पन्न सहरमा काजमा बस्दै आएकोमा उनीहरूलाई दुर्गम र मुलुकका सबै स्थानमा पठाउन सुरु गरिएकोसमेत बताए।

स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार गरी यस क्षेत्रमा थिति बसालेको उनले दाबी गरे। आफूलाई यस काममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेको भन्दै थप हौसला प्रदान गरेको उनको भनाइ थियो। मन्त्री बस्नेतले आगामी १५ दिनमा दुर्गम र मुलुकका सबै स्थानमा चिकित्सक र स्वास्थ्यकर्मी पठाइसक्ने बताए।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?