Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

न्यु सानिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन, अत्याधुनिक सेवा दिने उद्देश्य


१६ श्रावण, काठमाडाैँ । न्यु सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले आफ्नो कार्यालय खोलेको घोषणा गरेको छ । मंगलबारबाट यस संस्थाले काठमाडाैँको  उत्तरढोकास्थित लाजिम्पाटमा कार्यालयको उद्घाटन गरेको हो ।

न्यू सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले स्थानीय समुदायलाई विस्तारित वित्तीय सेवा र सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । यस संस्थाले सेवाग्राहीहरूलाई बचत तथा निक्षेप खाता, कर्जा सुविधा, रेमिट्यान्स सेवा र थप कुराहरू सहितको व्यापक सेवा प्रदान गरेको छ ।

स्थानीय समुदायको आर्थिक वृद्धिमा योगदान पुर्‍याउनु र वित्तीय सशक्तिकरणलाई सहजीकरण गर्नु यस सहकारी संस्थाले आफ्नो मुख्य उद्देश्य भएको जानकारी दिएको छ ।

यस सहकारीबाट सहुलियत ब्याजदरमा व्यक्तिगत, गृह, शैक्षिक, आकस्मिक, रोजगार तथा  व्यापार, कृषि, महिला, स्टार्टअप र स्टक लगायतका ऋण लिन सकिनेछ ।

त्यसैगरी, सहकारीले अहिले सुचना प्रविधिको समयमा सहज सेवा प्रवाह गर्नका लागि मोबाइल बैंकिङ,  एसएमएस बैंकिङ, एटीएम तथा भिसा कार्ड, रेमिट्यान्स सेवा पनि सुरू गरेको छ । सहकारीका अध्यक्ष सस्वतराज शर्माले यी सेवाहरूको उद्घाटन गरेका छन् ।

निक्षेपकर्ताले नेपाल, भारत र भुटानका जुनसुकै ठाउँमा जुनसुकै बेला पनि भिसा/एटीएम कार्डमार्फत आफ्नो पैसा निकाल्न सक्नेछन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?