Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

न्यु सानिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन, अत्याधुनिक सेवा दिने उद्देश्य


१६ श्रावण, काठमाडाैँ । न्यु सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले आफ्नो कार्यालय खोलेको घोषणा गरेको छ । मंगलबारबाट यस संस्थाले काठमाडाैँको  उत्तरढोकास्थित लाजिम्पाटमा कार्यालयको उद्घाटन गरेको हो ।

न्यू सानिमा बहुउद्देश्यीय सहकारी लिमिटेडले स्थानीय समुदायलाई विस्तारित वित्तीय सेवा र सहयोग प्रदान गर्ने लक्ष्य राखेको छ । यस संस्थाले सेवाग्राहीहरूलाई बचत तथा निक्षेप खाता, कर्जा सुविधा, रेमिट्यान्स सेवा र थप कुराहरू सहितको व्यापक सेवा प्रदान गरेको छ ।

स्थानीय समुदायको आर्थिक वृद्धिमा योगदान पुर्‍याउनु र वित्तीय सशक्तिकरणलाई सहजीकरण गर्नु यस सहकारी संस्थाले आफ्नो मुख्य उद्देश्य भएको जानकारी दिएको छ ।

यस सहकारीबाट सहुलियत ब्याजदरमा व्यक्तिगत, गृह, शैक्षिक, आकस्मिक, रोजगार तथा  व्यापार, कृषि, महिला, स्टार्टअप र स्टक लगायतका ऋण लिन सकिनेछ ।

त्यसैगरी, सहकारीले अहिले सुचना प्रविधिको समयमा सहज सेवा प्रवाह गर्नका लागि मोबाइल बैंकिङ,  एसएमएस बैंकिङ, एटीएम तथा भिसा कार्ड, रेमिट्यान्स सेवा पनि सुरू गरेको छ । सहकारीका अध्यक्ष सस्वतराज शर्माले यी सेवाहरूको उद्घाटन गरेका छन् ।

निक्षेपकर्ताले नेपाल, भारत र भुटानका जुनसुकै ठाउँमा जुनसुकै बेला पनि भिसा/एटीएम कार्डमार्फत आफ्नो पैसा निकाल्न सक्नेछन् ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?