Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

२२ गतेसम्मका लागि स्थगित भयो प्रतिनिधिसभाको बैठक


१६ श्रावण, काठमाडाैँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेको निर्देशनमा सङ्घीय संसद्का महासचिव भरतराज गौतमले सूचना टाँसेर अर्को बैठक श्रावण २२ गते सोमबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि १० श्रावणमा बोलाइएको बैठकमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नेकपा (एमाले)ले बैठक अवरुद्ध गरेको थियो ।

नेकपा (एमाले)ले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठनको माग गरेको छ । माग पूरा नभएसम्म संसद चल्न नदिने अडान एमालेले राखेको छ ।


प्रकाशित मिति: १६ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?