Trending
>>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान
Logo
२७ आश्विन २०८३, मंगलवार
२७ आश्विन २०८३, मंगलवार

समाचार


अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता

काठमाडौँ । अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता भएको छ । संयुक्त राज्य अमेरिका र नेपालबीच सांस्कृतिक कलाकृति तथा सम्पदाको अवैध ओसारपसार (तस्करी) रोक्न र संरक्षण गर्न महत्वपूर्ण द्विपक्षीय सम्झौता भएको हो । यो सम्झौता सन् १९७० को युनेस्को महासन्धि अन्तर्गत अमेरिकी विदेश मन्त्रालयको सांस्कृतिक सम्पदा केन्द्रको नेतृत्वमा स्थापित

५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा

काठमाडौं।  नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीहरूलाई कारवाही गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोषाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी

भरूवा बन्दुक सहित एक जना पक्राउ

सुर्खेत। लेकबेशी नगरपालिका-९ सिम दमारबाट भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ३८ वर्षीय धन बहादुर रावतलाई बुधबार बिहान प्रहरले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेकबेशीबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।

टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने

एजेन्सी । टर्कीको ऊर्जा सुरक्षाको क्षेत्रमा सन् २०२५ एक ऐतिहासिक वर्ष सावित भएको छ । ऊर्जा मन्त्री अल्पार्सलान बायरक्तारकाअनुसार देशले तेल उत्पादनमा २६ प्रतिशत र प्राकृतिक ग्यास उत्पादनमा ३९ प्रतिशतको विशाल फड्को मारेको छ । यो वृद्धिले टर्कीको वार्षिक अर्बौं डलरको आयात भारलाई उल्लेख्य रूपमा कम गर्ने देखिएको छ ।

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)

काठमाडौं। काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरू विरोधमा उत्रिएका छन् । गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बिहीवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर,

दक्षिण यमनमा साउदी हवाई आक्रमणः ६ जनाको मृत्यु

एजेन्सी । यमनको दक्षिणी प्रान्त अल–धालियामा बुधवार भएको साउदी नेतृत्वको हवाई आक्रमणमा ६ जनाको मृत्यु भएको छ । दक्षिणी संक्रमणकालीन परिषद् (एसटीसी) का नेता आयदारस अल–जुबैदीको गृहनगरलाई लक्षित गरी सो आक्रमण गरिएको हो । अल–धालियाको स्वास्थ्य विभागका एक अधिकारीकाअनुसार जुबैर क्षेत्रको एउटा आवासीय घरमा भएको हवाई आक्रमणमा ६ सर्वसाधारणको ज्यान

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भवः मन्त्री सिन्हा

काठमाडौँ । अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित ‘व्यापार तथा लगानी डायग्नोस्टिक्स’ सम्बन्धी छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको आर्थिक भविष्यका लागि युरोपेली संघ (ईयू) सँगको

सिरियाली सेनाद्वारा अलेप्पोका दुई क्षेत्र बन्द सैन्य क्षेत्र घोषणा गर्दै कर्फ्यु लागू

एजेन्सी । सिरियाली सेनाले उत्तरी श्हर अलेप्पोका शेख मकसुद र अशरफिया छिमेकहरूलाई बन्द सैन्य क्षेत्र घोषणा गरेको छ । त्यहाँ पूर्ण कफ्र्यु लागू गरेको छ । सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) सँगको लडाइँ चर्किएपछि एक आधिकारिक विज्ञप्ति मार्फत यो निर्णय सार्वजनिक गरिएको हो । सिरियाली अरब सेनाको अपरेशन कमाण्डले ती दुई

कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन

काठमाडौँ। अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफूले लिएको राजीनामाको निर्णय भाग्न र जिम्मेवारीबाट विमुख हुनका लागि नभएको स्पष्ट पार्नुभएको छ । बुधवार पदबाट राजीनामा दिनुहुँदै मन्त्री घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राजीनामाको निर्णय आफ्नो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिवद्धताको निरन्तरता भएको बताउनुभयो । पदमा रहँदा मात्रै नभइ पदबाट

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा

काठमाडौँ । अन्तरिम सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ । बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले पदबाट राजीनामा दिनुभएको हो । अन्तरिम सरकारमा उहाँले उर्जा मन्त्रालयका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । सुशीला कार्की

सम्वन्धित समाचारहरु