Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन


कुलमानको दाबीः राजनीतिक दलको सदस्यता लिएको छैन, जिम्मेवारीबाट विमुख हुन राजीनामा दिएको होइन

काठमाडौँ। अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले आफूले लिएको राजीनामाको निर्णय भाग्न र जिम्मेवारीबाट विमुख हुनका लागि नभएको स्पष्ट पार्नुभएको छ ।

बुधवार पदबाट राजीनामा दिनुहुँदै मन्त्री घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राजीनामाको निर्णय आफ्नो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिवद्धताको निरन्तरता भएको बताउनुभयो । पदमा रहँदा मात्रै नभइ पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य भएको जिकिर गर्नुभयो । पद भन्दा ठूलो मूल्य र सिद्धान्त हुने भन्दै उहाँले कुर्सी भन्दा माथि आत्मसम्मान हुने बताउनुभयो ।

उज्यालो पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबीच भएको सहमतिमा आफ्नो नाम उल्लेख भएको भएपनि उक्त सहमति हालसम्म कार्यान्वयनमा नआएको बताउनु भयो । आफ्नो समर्थन र सद्भाव रहँदा रहँदै पनि अहिलेसम्म आफूले कुनै राजनीतिक दलको सदस्यता नलिएको बताउनुभयो । राजनीतिक जीवनमा प्रवेश गरेपछि मात्रै राजनीतिक सदस्यता लिने आफ्नो स्पष्ट अडान रहेको उल्लेख गर्नुभयो ।

राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्त गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रुपमा भ्रामक समाचार प्रशारण गरिएको बताउनुभयो । सत्य सधैँ प्रचार भन्दा बलियो हुने जिकिर गर्नुभयो । पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै रहेको भन्दै आफूले मन्त्री हुँदा पद भन्दा जनतालाई प्राथमिकता दिएर काम गरेको दाबी गर्नुभयो । उहाँले छोटो समयमा पनि महत्वपूर्ण नीतिगत सुधारहरुको बलियो जग बसालेको बताउनुभयो । इमान्दार प्रयास गरे परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास जनतामा जगाउन सकिएको जिकिर गर्नुभयो ।

मन्त्री घिसिङले सुशासनको जग बसाउन आफूहरु सफल भएको समेत बताउनु भयो । नविनतम यान्त्रिक प्रविधिको प्रयोग गरी सिंचाई सुविधाको व्यवस्था आफूले गरेको बताउनु भयो । उहाँले मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय १५ दिनपछि पदबाट राजीनामा दिएको बताउनु भयो ।


प्रकाशित मिति: २३ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?