Trending
>>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा


अन्तरिम सरकारका मन्त्री घिसिङद्वारा पदबाट राजीनामा

काठमाडौँ । अन्तरिम सरकारका उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिनुभएको छ ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री घिसिङले पदबाट राजीनामा दिनुभएको हो । अन्तरिम सरकारमा उहाँले उर्जा मन्त्रालयका साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएको थियो । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रहेर राजनीतिक दल खोलेको, राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति भइसकेपछि पनि पार्टीको सदस्य नरहेको भन्दै सार्वजनिक अभव्यक्ति दिएसगै घिसिङको चौतर्फी विरोध भएको थियो ।

मंगलवार ललितपुरमा आयोजित एक कार्यक्रममा घिसिङले आफू कुनै पार्टीको सदस्य नरहेको बताउनुभएको थियो । त्यससँगै मन्त्री घिसिङको विरोध हुँदै आएको छ । यसअघि पनि मन्त्री घिसिङले उज्यालो नेपाल पार्टी खोल्नुभएको थियो । अन्तरिम नागरिक सरकारमा दलको मन्त्री भन्दै उहाँको विरोध भएको थियो । साथै भारतसँगको विद्युत सम्झौतामा पनि प्रश्न उठेको थियो । अहिले मन्त्री घिसिङ रास्वपाको उपसभापति हुनुहुन्छ ।

अन्तरिम सरकारका मन्त्री घिसिङद्वारा पदबाट राजीनामा


प्रकाशित मिति: २३ पुष २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?