Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)


खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)

काठमाडौं। काठमाडौं उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरू विरोधमा उत्रिएका छन् ।

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बिहीवार काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेको हो । सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा अन्य खोलामा ४–१० मिटरसम्म मापदण्ड तोकेको थियो । त्यसैअनुसार धेरैले जग्गा छोडेर घर निर्माण गरेका थिए । तर सर्वोच्च अदालतले २०८० पुस ३ गते थप २० मिटर (कुल ४० मिटरसम्म) क्षेत्रमा संरचना बनाउन निषेध गर्ने फैसला गरेको थियो । यसले उपत्यकाका १९ वटा खोलामा ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान छ । पीडितहरूले यो फैसलालाई गैरन्यायिक भन्दै जग्गाको मूल्य शुन्य हुने र हजारौँ परिवार विस्थापित हुने त्रास व्यक्त गरेका छन् ।

काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले पनि फैसला कार्यान्वयनमा कडाइ गरेपछि विरोध चर्किएको हो । प्रदर्शनकारीहरुले जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर्, भूमि हाम्रो प्राण हो, फैसला होइन न्याय दे, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)


प्रकाशित मिति: २४ पुष २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?