काठमाडौं । नेपाली सेनाले हालको विपद् परिस्थितिमा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण, तोडफोड र आगजनीजस्ता घटना बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाली सेना लगायतका सुरक्षा निकायहरू तयारी अवस्थामा रहने बताएको छ। सेनाले जारी गरेको विज्ञप्तिअनुसार असामाजिक गतिविधि रोक्न र जनधनको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने उल्लेख गरिएको छ। सोही
काठमाडौं । नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने आज जेलमुक्त भएका छन्। सुरक्षा अभाव देखिएपछि उनलाई पत्नी निकिता पौडेलको जिम्मामा छोडिएको रास्वपाको स्रोतले जनाएको छ।
काठमाडौं । उग्र जेनजी प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका छन्। सिंहदरबार, संसद् भवन, शीर्ष नेताहरूको आवास, पार्टी कार्यालय र प्रहरी प्रभागमा समेत आगजनी र तोडफोड भइरहेका छन्।
काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरत जेनजी समूहलाई हिंसात्मक नहुन आग्रह गरेको छ । आयोगले आन्दोलनकारीलाई संयमत्ता अपनाउन र सरकारलाई जेनजी समूहको माग सम्बोधन गर्न आग्रह गरेको हो । आयोगले सोमबारदेखी जेनजी समूहले गरेको प्रदर्शनको अनुगमन गरिरहेको प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा सरकारले अत्याधिक बल प्रयोग
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र बढ्दो भ्रष्टाचारविरुद्ध सुरु भएको आन्दोलन पछिल्ला दिनमा हिंस्रक रूप लिन पुगेपछि उनले राजीनामा दिन बाध्य भएको बताइएको छ। हिजो देखि सुरु भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ जनाको मृत्यु भएको थियो।
जनकपुर। नेकपा (एमाले)का सचिव एवं सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा प्रदर्शनकारीले ढुङ्गामुढा र आगजनी गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका–९ भरमपुरीस्थित रहेको नेता महासेठको घरमाथि जेन–जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरे ध्वस्त पारेका हुन् । आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरुले राजनीतिक दलका कार्यालय, नेताका निवास तथा सरकारी कार्यालयहरुलाई लक्षित गरेर ढुङ्गामुढा
काठमाडौँ। संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै न
काठमाडौं । काठमाडौंको उपत्यकाका विभिन्न स्थानमा जेन जी पुस्ताले प्रदर्शन गरेका छन् ।
इजरायल। इजरायली अधिकारीहरूले सोमवार जेरुसेलमको बस स्टपमा गोली हानेर कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् । प्रहरीले दुई आक्रमणकारीले बस स्टपमा र त्यसपछि बसमा गोली हानेको बताएको छ । सुरक्षाकर्मी र एक नागरिकले जवाफी गोली हानेपछि आक्रमणकारीहरू घटनास्थलमै मारिएको बताएको छ । इजरायलको म्यागेन डेभिड एडोम एम्बुलेन्स सेवाले मृतकहरूमा
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट उपत्यका प्रवेश गर्ने नाका साँगामा मानिस र सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा जारी कर्फ्यु आदेशसँगै जिल्ला प्रहरी प्रमुख कोमल शाहले प्रवेश नाकामा कडाइ गरिएको जानकारी दिएका छन् । जेनजीहरूको विरोध प्रदर्शनमा हिजो काभ्राका विभिन्न स्थानमा झडप हुँदा १९ जनाको मृत्यु भएको थियो