Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन


लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको छ । शनिवार राजधानी काठमाडौंमा एक समारोहकाबीच लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको र ती कथामार्फत मानवीय समवेदना तथा समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ केन्द्रित भइरहेका सन्दर्भलाई कथामार्फत प्रश्तुत गरिएको पनि बताउनुभयो । विशेषगरी आमाको भुमिका, माया र आवश्यकतालाई कथामार्फत प्रश्तुत गरिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यस लघुकथा सङ्ग्रहमा मानवीय समवेदना र समाजको प्रतिविम्व रुपमा उल्लेख गरिएको छ । यो सत्य घटनामा आधारित पनि छ । मानिसहरु पछिल्लो समयमा परिवार र आफन्तभन्दा पनि पैसाको पछि परिरहेको अवस्थामा जीवनमा आफन्त, विशेषगरी आमाको आवश्यकताको बारेमा उल्लेख गरिएको छ । यस लघुकथा सङ्ग्रहमा ४२ वटा कथाहरु छन् ।’ ‘आमाको आँखा’लघुकथा सङ्ग्रहमा ४२ वटा कथा समावेश छन् ।

काठमाडौँ । लेखक तथा साहित्यकार शोभा अधिकारीको लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको छ ।

शनिवार राजधानी काठमाडौंमा एक समारोहकाबीच लघुकथा सङ्ग्रह ‘आमाको आँखा’ विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै लेखक अधिकारीले सङ्ग्रहमा समेटिएका लघुकथाहरू सत्य घटनामा आधारित रहेको र ती कथामार्फत मानवीय समवेदना तथा समकालीन समाजको यथार्थ चित्रण गर्ने प्रयास गरिएको बताएकी छिन् । उनले पछिल्लो समय मानिसहरू परिवार र आफन्तभन्दा टाढिँदै आर्थिक पक्षतर्फ केन्द्रित भइरहेका सन्दर्भलाई कथामार्फत प्रश्तुत गरिएको पनि बताइन् । विशेषगरी आमाको भुमिका, माया र आवश्यकतालाई कथामार्फत प्रश्तुत गरिएको उनको भनाइ छ ।

उनले भनिन्, ‘यस लघुकथा सङ्ग्रहमा मानवीय समवेदना र समाजको प्रतिविम्व रुपमा उल्लेख गरिएको छ । यो सत्य घटनामा आधारित पनि छ । मानिसहरु पछिल्लो समयमा परिवार र आफन्तभन्दा पनि पैसाको पछि परिरहेको अवस्थामा जीवनमा आफन्त, विशेषगरी आमाको आवश्यकताको बारेमा उल्लेख गरिएको छ । यस लघुकथा सङ्ग्रहमा ४२ वटा कथाहरु छन् ।’

‘आमाको आँखा’लघुकथा सङ्ग्रहमा ४२ वटा कथा समावेश छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?