Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा पर्यटनमन्त्री श्रेष्ठको जोड


वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ । शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको उहाँको भनाइ छ । उहाँले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताउनु भयो । उहाँले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताउनु भयो । उहाँले सांस्कृति पर्व एवं सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले आर्थिक वर्ष २०८२/८३ को बजेट हेर्दा हामीले धेरै मठमन्दिरहरु बनाइरहेका छौँ । तर हामीसँग भएका सम्पदाहरुको संरक्षणमा कम लगानी भएको मलाई चाहीँ महशुस भएको छ । हामीले बनाउनेभन्दा पनि भएको कुरालाई संरक्षण गर्न सक्यौँ भने राम्रो हुन्छ । काठमाडौं उपत्याकाको ठाउँ ठाउँमा हामीसँग सम्पदा छन् । सम्पदा छन् तर हामीलाई ती सम्पदाको महत्व बुझिसकेका छैनौँ । अर्को कुरा यी सम्पदाहरुको संरक्षण गर्न सक्छौँ कि सक्दैनौँ भनेर मलाई चाँही एकदमै चिन्ता लागेको छ । हाम्रो पुस्ताले संस्कृति र सम्पदाको संरक्षण गर्न लागि परेका छौँ । तर हामी पछाडिको पुस्ताले त्यसमा ध्यान दिने हो कि नदिने हो । यो एकदमै चिन्ताको विषय बनिरहेको छ । अहिले काठमाडौं उपत्यकामा हुने विभिन्न जात्राहरुमा समेत नयाँ पुस्ताको उपस्थिति एकदमै कम देखिन्छ । रथ जात्राहरु हुन्छन् । हामलिे रथ तान्ने कुरामा युवापुस्तालाई प्रेरित गर्न सकेनौँ भने हाम्रो सम्पदा र संस्कृति जोगिन्छ त ?’ उहाँले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएको समेत बताउनु भयो ।

काठमाडौँ । वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले नयाँ मठमन्दिर निर्माणमा भन्दा विद्यमान सम्पदा र संस्कृतिको संरक्षणमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।

शनिवार काठमाडौंमा आयोजित ‘सम्पदा संरक्षण र पर्यटन प्रवद्र्धनः समृद्धिको आधार’विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा मठमन्दिर निर्माणमा प्राथमिकता दिएको भएपनि मौलिक सम्पदाको संरक्षणमा लगानी न्यून रहेको बताएका छन् । उनले भएका सम्पदाको संरक्षणलाई प्राथमिकता दिन सके मात्रै सांस्कृतिक धरोहर जोगाउन सकिने बताए । उनले संस्कृति र सम्पदा संरक्षणप्रति नवयुवा पुस्तामा चासो नहुनु चिन्ताको विषय भएको बताउदै सांस्कृति पर्व एवं सम्पदाको महत्वबारे आउने पुस्तालाई बुझाउन आवश्यक रहेको पनि जिकिर गरेका छन् ।

उनले भने, ‘अहिले आर्थिक वर्ष २०८२/८३ को बजेट हेर्दा हामीले धेरै मठमन्दिरहरु बनाइरहेका छौँ । तर हामीसँग भएका सम्पदाहरुको संरक्षणमा कम लगानी भएको मलाई चाहीँ महशुस भएको छ । हामीले बनाउनेभन्दा पनि भएको कुरालाई संरक्षण गर्न सक्यौँ भने राम्रो हुन्छ । काठमाडौं उपत्याकाको ठाउँ ठाउँमा हामीसँग सम्पदा छन् । सम्पदा छन् तर हामीलाई ती सम्पदाको महत्व बुझिसकेका छैनौँ । अर्को कुरा यी सम्पदाहरुको संरक्षण गर्न सक्छौँ कि सक्दैनौँ भनेर मलाई चाँही एकदमै चिन्ता लागेको छ । हाम्रो पुस्ताले संस्कृति र सम्पदाको संरक्षण गर्न लागि परेका छौँ । तर हामी पछाडिको पुस्ताले त्यसमा ध्यान दिने हो कि नदिने हो । यो एकदमै चिन्ताको विषय बनिरहेको छ । अहिले काठमाडौं उपत्यकामा हुने विभिन्न जात्राहरुमा समेत नयाँ पुस्ताको उपस्थिति एकदमै कम देखिन्छ । रथ जात्राहरु हुन्छन् । हामलिे रथ तान्ने कुरामा युवापुस्तालाई प्रेरित गर्न सकेनौँ भने हाम्रो सम्पदा र संस्कृति जोगिन्छ त ?’

उनले काठमाडौं उपत्यकामा सञ्चालन हुने विभिन्न जात्रा तथा रथयात्रामा युवापुस्ताको सहभागिता घट्दै गएको उल्लेख गर्दै यसले सम्पदा संरक्षणमा चुनौती बढ्दै गएको समेत बताएका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?