Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

विश्व सम्पदा दिवसः सम्पदाको संरक्षण र भविष्यको चुनौती


विश्व सम्पदा दिवसः सम्पदाको संरक्षण र भविष्यको चुनौती

काठमाडौँ । आज अप्रिल १८ । विश्वभरका मानिसहरूले आफ्नो सांस्कृतिक र प्राकृतिक सम्पदाको महत्व बुझ्न र तिनीहरूको संरक्षणका लागि ऐक्यवद्धता जनाउँदै विश्व सम्पदा दिवस मनाइरहेका छन् ।

सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले आज विश्व सम्पदा दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको हो । हाम्रो इतिहास, संस्कृति र पहिचानका जीवित साक्षी रहेका यी सम्पदाहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि अप्रिल १८ तारिखका दिन यो दिवस मनाउन थालिएको हो । नेपालजस्तो ऐतिहासिक र सांस्कृतिक दृष्टिले धनी मुलुकका लागि यो दिवसको विशेष महत्व छ । यहाँका पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण, काठमाडौं, पाटन र भक्तपुर दरबार क्षेत्र, लुम्बिनी, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज जस्ता १० वटा सम्पदाहरू युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छन् ।

जलवायु परिवर्तन, तिब्र शहरीकरण र कहिलेकाहीँ आउने प्राकृतिक विपत्तिहरूले हाम्रा अमूल्य सम्पदाहरूलाई जोखिममा पारिरहेका छन् । २०७२ को भूकम्पले पु¥याएको क्षतिलाई पुनर्निर्माण गर्ने कार्य अझै पनि केही क्षेत्रमा जारी छ । यस्तो अवस्थामा स्थानीय समुदायको सक्रिय सहभागिता र आधुनिक प्रविधिको प्रयोगमार्फत संरक्षण कार्यलाई अगाडि बढाउनु आवश्यक देखिएको छ ।


प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?