Trending
>>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ >>   ‘सरकारले चाहे जस्तो पत्रकारिता गर्न सक्दैनौँ, सञ्चारमन्त्रीले पत्रकारिता नसिकाए हुन्छ’ >>   राष्ट्रपति पौडेलद्वारा सम्यक महादानको प्रशंसा, सफलताको शुभकामना >>   पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको संसद र सडकबाटै प्रतिवाद गर्छौँ :काँग्रेस >>   सरकारले आफ्ना गल्ती ढाकछोप गर्न सभापति थापाबारे अफवाह फैलायो, तर्सिंदैनौँ- महामन्त्री पौडेल >>   न्यायाधीशलाई मेलमिलापकर्ता बनाउन मिल्दैनः बार अध्यक्ष मिश्र >>   आईजीपी नियुक्तिविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा >>   सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक >>   प्रहरीको नयाँ नेतृत्वको प्राथमिकताः अपराधको डिजिटल रूपान्तरणविरुद्ध जुध्न ‘गुनासो सुनुवाइ संयन्त्र’ ल्याइने >>   प्रहरी र नागरिकबीचको दूरी घटाउने गरी काम गर्न नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री गुरुङको निर्देशन
Logo
१९ कार्तिक २०८३, बिहीबार
१९ कार्तिक २०८३, बिहीबार

कुटनीतिक राहदानी वितरणबारे सभामुखद्वारा दलहरुसँग परामर्श


सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले कुटनीतिक राहदानीबारे छलफल शुरु गरेका छन् ।

बुधवार सिंहदरवारमा राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुलाई बोलाएर उहाँले कुटनीतिक राहदानी दुरुपयोग हुन नदिने विषयमा केन्द्रित भएर छलफल गरेका छन् । कुटनीतिक राहदानीको माग सांसदहरुले गरिरहेका बेला त्यसको दुरुपयोग हुने नदिने विषयमा केन्द्रित भएर छलफल गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले बताइन् । विगतमा सांसदहरुले नै कुटनीतिक राहदानी दुरुपयोग गरेको हुनाले त्यसो हुन नदिने विषयमा विमर्श शुरु गरिएको र अर्को बैठकमा त्यसबारे आवश्यक निर्णय लिने सहमती गरिएको पनि उनले बताइन् । विशेष काममा मात्रै सो राहदानी उपलब्ध गराइने कानूनी व्यवस्था भएकाले सोही अनुसार यसको उपयोग गर्नुपर्नेमा पनि राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले धारणा सो अवसरमा राखेका थिए ।

प्रमुख सचेतक ओलीले भनिन्,‘विभिन्न प्रतिनिधिसभा सदस्यहरुले कुटनीतिक राहदानीको माग आइरहेका बेला त्यसलाई कसरी अगाडि बढाउने भनेर हामी सबै पार्टीका सचेतक, प्रमुख सचेतक सभामुखले बोलाउनुभएको थियो । यसमा राहदानी ऐन, २०७६ ले र नियमावलीअनुसार विशेष सरकारी कार्यक्रमहरुमा वा विशेष काममा जाँदा तोकेका पदाधिकारीहरुले मात्रै पाउने कुरा रहेछ । तर धेरै माननीयहरु विभिन्न कारणले विदेशमा जानुपर्ने भएकाले अहिलेको ऐन र नियम अनुसार अहिलेको नियम र ऐन र नियमावलीमा चाहीँ त्यो दिन नमिल्ने भएकाले आगामी दिनमा माननीयजीहरुलाई कसरी सहजीकरण गर्ने भनेर राय सल्लाह विभिन्न दलका तर्फबाट लिनका लागि बोलाउनु भएको हो । किनभने कुनैपनि प्रतिनिधि सभा सदस्य विदेश जाँदाखेरी उसले देशको नै रिप्रिजेन्ट गरेर जाने हो । राष्ट्रको गरिमामा पनि आँच नआओस, ऐन, नियम र कानून भन्दा बाहिर गएर काम नहोस भनेर त्यसलाई कसरी परिमार्जित गर्ने भनेर यही विषयमा छलफल भएको हो । हामी सबै सचेतक प्रमुख सचेतकहरुले आ आफनो दलमा छलफल गरेर फेरि अर्कों बैठक बस्ने कुरा भयो । यसमा परराष्ट्रका अधिकारीहरुले पनि हामीलाई कानूनी व्यवस्थाको बारेमा बताउनु भएको छ । यसैको आधारमा फेरि अर्को बैठक बस्नेछ । केही सांसदहरुले केही एप्लीकेशनहरु आएको भएर सांसद भएपछि अव विदेशबाट निम्तो पनि आउँछ । पहिलाको अभ्यास हेर्दा सजिलै पाउने अवस्था थियो । पहिला कानूनमा किन पालना भएन त भन्ने विषयमा पनि विचार विमर्श भयो । राहदानीका लागि निवेदन आएको हुनाले यसलाई बहसमा नै लगेर विचार विमर्श गरौ भन्ने भएको छ । विगतमा पासपोर्ट दुरुपयोग पनि भएका छन । त्यो नहोस भनेर सबैभन्दा इम्पोटेन्ट त कानून हो । त्यही कानून हालका लागि पालना गरौ भन्ने हो ।’

छलफलमा परराष्ट्र मन्त्रालयका अधिकारीहरुले कुटनीतिक राहदानीको प्रयोग सम्बन्धि विद्यमान कानून व्यवस्था बारे व्रिफिङ गरेका थिए ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?