Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरुको भीड


रातो मत्स्येन्द्रनाथको पूजा गर्नेहरुको भीड

ललितपुर। ललितपुरको प्रसिद्ध रातो मत्स्येन्द्रनाथको रथयात्रा अन्तर्गत आज गाबहालबाट मंगलबजारसम्म रथ तानिँदैछ ।

वर्षा र सहकालका देवता मानिने मत्स्येन्द्रनाथको दर्शन र आशीर्वाद लिन भक्तजनहरुको निकै ठूलो भीड लागेको छ । मंगलवार पुल्चोकबाट रथ तानेर गाबहाल पु¥याइएको थियो । रथयात्राका क्रममा पुल्चोकबाट गाबहालसम्मको यात्रा भव्य र उत्साहजनक रहेको स्थानीय बताउँछन् । मंगलवार साँझ रथ गाबहाल पुगेपछि त्यहाँका बासिन्दाहरुमा छुट्टै रौनकता छाएको छ । आज गाबहालमा स्थानीय बासिन्दाहरुको पर्व अर्थात ‘जात्रा’ रहेको छ । जात्राका अवसरमा गाबहाल क्षेत्रमा बिहानैदेखि पूजा आराधना गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । परम्पराअनुसार आज दिनभरि गाबहालमा जात्रा मनाइने र पूजा हुने गर्दछ ।

स्थानीयहरुको जात्रा सम्पन्न भएपछि अपरान्ह रथलाई मंगलबजारका लागि तानिने कार्यक्रम रहेको छ । पाटनको प्रसिद्ध यो रथयात्रा नेपालकै लामो जात्रा मध्ये एक हो । उपत्यकामा वर्षा गराउनको लागि मत्स्येन्द्रनाथलाई पुजिने धार्मिक विश्वास रहिआएको छ । आज मंगलबजार पु¥याइएपछि रथलाई केही दिन त्यहाँ राखिने र त्यसपछि अन्य गन्तव्यहरुमा लगिने परम्परा छ ।


प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?