Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व :बलाधिकृत रथी केसी


‘नेपाली सेनालाई सक्षम बनाउनु सबैको साझा दायित्व–बलाधिकृत रथी केसी

काठमाडौँ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जंग केसीले कल्याणकारी कार्यलाई आयमूलक र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन्।

रामेछापमा आयोजित ‘भूतपूर्व सैनिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम’लाई सम्बोधन गर्दै उनले कल्याणकारी कार्यलाई केवल वितरणमुखी मात्र बनाउन नहुने बताएका छन् । सैनिक व्यक्ति सेवामा रहँदा मात्र नभई अवकाश पश्चात समेत समाजमा एक जिम्मेवार, अनुशासित र मर्यादित नागरिकको रूपमा प्रश्तुत हुन आवश्यक रहेको बताए । उनले सबैलाई स्थानीय स्तरमै उत्पादनशील, सृजनशील र उद्यमशील बन्न आग्रह गरे । रथी केसीले राष्ट्रिय एकीकरणको इतिहासदेखि नै सेनाले अतुलनीय योगदान पु¥याउँदै आएको बताएका छन् । उनले वर्तमान र भविष्यका चुनौतीहरूलाई सामना गर्नसक्ने सक्षम संस्थाको रूपमा नेपाली सेनालाई थप विकास गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

उनले भने, ‘भुतपूर्व सेनाहरुलाई स्थानीय स्तरमै उत्पादनशील, सिर्जनशील र उद्यमशील बनन आग्रह गर्दछु । नेपाली सेनाको संस्थागत प्रयास र यहाँहरुको सुझाव, समन्वय, सहकार्यबाट मात्र कल्याणकारी कार्यमा दिगो नतिजा प्राप्त गर्न सम्भव हुन्छ । साथै उपलब्ध श्रोतको अधिकतम सदुपयोग गर्दै व्यवहारिक र कार्यान्वयनयोग्य सुझावलाई चरणवद्ध रुपमा सम्बोधन गर्न प्रतिवद्ध छौँ । अनुशासित, निःस्वार्थी र सेवाभावको परम्परा पुस्तान्तरण हुनु नै नेपाल र नेपाली सेनाको लागि गौरवको विषय हो । तसर्थ गौरवशाली इतिहास भएको नेपाली सेनामा आवद्ध सन्ततिहरुलाई सेवा प्रवेश गर्न प्रेरित गर्नुहुने सबै अभिभावकहरुलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्दछु । आफ्नो सन्ततिहरुलाई सैनिक सेवा प्रवेशको लागि थप प्रेरित गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

नेपाली सेनाले देशको सार्वभौमिकताको रक्षार्थ वहन गरेको भुमिकाका साथै आन्तरिक सुरक्षा, विकास निर्माण, विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा पु¥याएको योगदानले आज सेनालाई स्वदेश र विदेशमा एक विश्वसनीय र सम्मानित संस्थाको रूपमा स्थापित गरेको उनको भनाइ थियो । केसीले हालै सम्पन्न आम निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन सेनाले देखाएको उच्च पेशागत दक्षता, निष्पक्षता र व्यावसायिक चरित्रको समेत प्रशंसा गरेका छन् ।


प्रकाशित मिति: ५ बैशाख २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?