काठमाडौँ। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरुको उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । बुधवार सिभिल अस्पतालमा घाइतेहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले गत चैत्र १५ गतेको प्रर्दशनका क्रममा घाइते भएका बिरामीहरुको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका छन् । उनले सरकारले घाइतेको उपचार सरकारले गर्ने निर्णय गरिसकेको र
काठमाडौँ। राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले अगामी वैशाख २२ गते सामुहिक गिरफ्तारी दिने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले तीनकुने घटनापछि नजरबन्दमा रहेका समितिका अध्यक्ष तथा पक्राउ परेका नेताहरुलाई मुक्त गर्न सरकारलाई अगामी वैशाख २१ गतेसम्मको समय दिएको बताएका छन् । उनले
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकास र सुशासन चाहिएको उल्लेख गर्दै भ्रष्टाचारीहरुसँग सम्झौता हुन नसक्ने बताएका छन् । बुधवार नेपाल चेम्बर अफ कमर्सको बार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन कायम गर्न आफूपनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताए । उनले मुलुकमा अझैपनि थाहा
काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले विभिन्न प्रकारका चुनौतिका बाबजुद नेपालले जलस्रोत, सडक सञ्जाल, सिंचाई, उड्डयन क्षेत्र लगायतमा महत्वपूर्ण उपलब्धि हाँसिल गरिरहेको बताएका छन् । सिंगापुरमा एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका मुलुकहरूको साझा निर्माण संगठन (इफाप्का) को ४७ औं सम्मेलनलाई नेपाली प्रतिनिधिमण्डलको तर्फबाट सम्बोधन गर्दै महासंघ अध्यक्ष सिंहले
काठमाडौँ। पूर्वी तराईमा मेघ गर्जन र चट्याङसहित भीषण वर्षा भएको छ । बुधवार बिहानदेखि नै पूर्वी तराईको झापा, मोरङ लगायतका जिल्लामा भीषण वर्षा भएको हो । नेपालमा वर्षा नहुँदा प्रदुषणको तह जोखिमपूर्ण छ । जसले आँखा पोल्ने, टाउको दुख्ने लगायतका समस्याहरु देखिरहेका छन् । ठूलो पानी परेसँगै काठमाडौं उपत्यका लगायत
काठमाडौँ। इन्टरनेशनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रुपमा काम शुरु गर्ने भएका छन् । बुधवार काठमाडौंमा दुई संस्थाबीच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्नेबारेमा मिलेर काम गर्ने सम्झौता भएको हो । रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्वपूर्ण भएकाले दुई
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विश्व व्यापार नै तरंगित हुनेगरी अप्रिल– देखि रेसिप्रोकल भन्सारदर कार्यान्वयनमा ल्याएका छन् । उनले ल्याएको भन्सारदरको असर शक्तिशाली देशहरुमा मात्रै नभई नेपालमा पनि पर्ने देखिएको छ । खासगरी अमेरिकाले जारी गरेको पारस्पारिक भन्सार नीतिका कारण नेपालबाट संयुक्त राज्य अमेरिकामा निर्यात हुने वस्तुहरुलाई प्रभाव पार्नेछ
अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट भएको अनुमान गरिएको अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा आगो बजारमा फैलिएको थियो । जलेका
एजेन्सी। इजिप्ट र फ्रान्सले मंगलवार इजिप्टको लाल सागर तटमा रहेको रास शुकेरमा हरियो हाइड्रोजन र अमोनिया उत्पादनको लागि एकीकृत कम्प्लेक्स स्थापना गर्न ७ अर्ब युरो (७.६४ अर्ब अमेरिकी डलर) को सम्झौतामा हस्ताक्षर गरेका छन् । फ्रान्सको इडिएफ नवीकरणीय र इजिप्ट–युएई फर्म शुन्य अपशिष्ट मिलेर बनेको ग्रीन फ्युल एलायन्ससँग साझेदारी गर्दै
एजेन्सी। इजिप्टका रक्षा तथा सैन्य उत्पादन मन्त्री अब्देल मगिद सकरले मंगलवार तनाव कम गर्न, नागरिक जीवनको रक्षा गर्न र गाजामा प्यालेस्टिनीहरूलाई मानवीय सहायताको प्रवाह सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहकार्यको महत्वमा जोड दिएका छन् । सैन्य प्रवक्ताको एक विज्ञप्तिअनुसार सरकारले भ्रमणमा रहेकाफ्रान्सेली सशस्त्र बल मन्त्री सेबास्टियन लेकोर्नुसँगको भेटमा यी टिप्पणीहरू गरेका हुन्