Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

सुरक्षा निकायहरुको लागि पूर्वाधार निर्माण गृहको प्राथमिकतामाः गृहमन्त्री लेखक


काठमाडौँ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माण मन्त्रालयको प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका लागि पूर्वाधार निर्माणम गर्न ४० करोड रुपैयाँ बजेट विनियोजन गरिएको समेत जानकारी दिए । उनले सुरक्षा निकायहरू न्युन स्रोत र साधनमा काम गरिरहेकाले संरचना सुदृढीकरण अपरिहार्य भएको बताए । प्रहरी चौकी निर्माण, बिओपी निर्माण तथा इलाका प्रशासन कार्यालयहरु थप गर्नुपर्ने मागहरु आएको र साहीअनुसार मन्त्रालयले प्राथमिकिकरणका आधारमा काम गर्दै जाने मन्त्री लेखकको भनाइ छ । उनले राज्यलाई आर्थिक व्ययभार पर्ने भएकाले सबै माग तत्काल सम्बोधन सकिने अवस्था नरहेको पनि स्पष्ट पारे ।

उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल न्यून स्रोत र साधनमा काम गरिरहेका छन् । माननीयज्यूहरुले भनेअनुसार दुवै सुरक्षा निकायका लागि पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ । चालु आर्थक वर्षमा पनि हामीले उपलब्ध बजेटको सीमाभित्र रहेर केही प्रश्तावहरु गरेका छौँ । साथै ति पूर्वाधार विकासमा तीनवटै तहको लागत, साझेदारीमा पूर्वाधार निर्माण गर्नेगरी ४० करोडसम्म विनियोजन गरिएको छ । यो हाम्रो पहिलो अभ्यास हो । यसको सफलताको आधारमा हामी अगाडि बढ्न सक्नेछौँ । प्रहरी चौकीहरु, बिओपी निर्माण, इलाका प्रशासन कार्यालहरु थप गर्नुपर्ने कुराहरु उठाउनु भएको छ । देशभरबाट धेरै मात्रामा यस्ता संरचना निर्माण र अस्थायी प्रहरी चौकीलाई स्थायी गर्ने मागहरु आएका छन् । यी कामहरु मन्त्रालयको प्राथमिकताका विषयहरु पनि हुन् । तर यी कामहरुबाट राज्यलाई थप व्ययभार पर्ने हुँदा यो हुन सकिरहेको अवस्था छैन । यी मागहरुलाई क्रमशः सम्बोधन गर्दै जाने हाम्रो नीति छ । सुरक्षा निकायमा सरुवा बढुवालाई व्यवस्थित गर्नेपर्ने आवश्यकता समेतलाई मध्यनजरगरी दुवै निकायसँग सम्बन्धीत विधेयकहरु सम्मानित सदनमा पेश गरेको छु । यी कानूनहरु छिटो टुंगोमा पुर्याउनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गर्दछु । राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधारमा रुपमा विकास गर्दै लगिएको छ ।’

उनले सुरक्षा निकायमा सरुवा र बढुवालाई व्यवस्थित गर्न पनि कानूनी सुधारको खाँचो रहेको उल्लेख गर्दै त्यसका लागि सम्बन्धित विधेयक संसदमा पेश गरिएको जानकारी दिए । उनले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको आधार बनाउँदै लैजाने कार्यलाई समेत अघि बढाइएको बताए ।


प्रकाशित मिति: १० असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?